Motivate News

कुलमान हाम्रो भगवान, भन्दै रत्नपार्कमा यसरी उर्लियो जनलहर

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार राजधानीमा र्‍याली निस्किएको छ ।

‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं,कुलमान हाम्रो भगवान’ भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली को व्यवस्थापनमा प्रदर्शन भएको हो । भृकुटी मण्डपबाट सुरु भएको र्‍याली खुल्लामञ्चमा पुगेर साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएर घिसिङ चर्चामा आएका छन् । तर, उनका विरोधीहरुले घिसिङविरुद्ध षडयन्त्र गरिरहेको र देशलाई पुनः अन्धकारमा धकेल्ने चलखेल भइरहेका समाचार सार्बजनिक भइरहेका छन् ।

यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा पुर्‍याएको भन्दै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकसँग स्पष्टिकरण मागेको थियो ।

प्रतिकृया दिनुहोस्

यसरी मनाइयो पाँचौ ‘नेपाली टोपी दिवस’ (फोटोफिचर)

काठमाडौं – ‘नेपाली टोपी, नेपाली पहिचानं’ भन्ने नारासहित पाँचौ ‘नेपाली टोपी दिवस’ भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा आज बिहान ‘जागरुक युवा अभियान नेपाल’ का युवायुवतीहरुले राजधानीको माइतीघर मण्डलादेखि शान्तिवाटिकासम्म प्रभातफेरी आयोजना गरेका छन् । र्यालीमा सहभागि युवाहरुले राष्ट्भावले भरिपूर्ण...

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...