Motivate News

एक मर्मस्पर्शी तस्वीर, जुन धेरै समय रहस्यमय बन्यो !

काठमाडौं – एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ, छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ ।
तलको तस्विर युरोपका एक प्रख्यात चित्रकार (मोनरो) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो ।
जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर, झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो । उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् । कैंयौं दिन, महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए ।
यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो । एजेन्सी
प्रतिकृया दिनुहोस्

मन्त्री भएपछि मेरो ब्यक्तित्व धेरै विकास भयो ः कानुनमन्त्री नायक

  जेठ २३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले कानुन मन्त्रालयमा बसेर आफूले आर्जन गरेको व्यक्तित्वबाट खुसी रहेको बताउनु भएको छ । मन्त्रालयले मंगलबार राखेको बिदाई कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘दश महिनाको अवधिमा कानुन मन्त्रालयमा...

रास्कोट नगरपालिका प्रमुख बरालको प्रेस विज्ञप्ति, सबैलाई लिलाएर लिने उद्घोष (विज्ञप्ति सहित)

जेठ ५, कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख काशिचन्द्र बराले प्रेस विज्ञप्ति जारी गर्दै सबै मददाताहरुलाई धन्यवाद दिएका छन् । स्थानिय तह पहिलो चरणको निर्वाचनबाट निर्वाचित बरालले सबै मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी प्रसाशन, परिवेक्षक सबैलाई धन्यबाद दिएका हुन् ।...

रास्कोट नगरपालिका प्रमुख बरालको प्रेस विज्ञप्ति, सबैलाई लिलाएर लिने उद्घोष (विज्ञप्ति सहित)

जेठ ५, कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख काशिचन्द्र बराले प्रेस विज्ञप्ति जारी गर्दै सबै मददाताहरुलाई धन्यवाद दिएका छन् । स्थानिय तह पहिलो चरणको निर्वाचनबाट निर्वाचित बरालले सबै मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी प्रसाशन, परिवेक्षक सबैलाई धन्यबाद दिएका हुन् ।...

पोखरा लेखनाथ महानगरपालिका अपडेट, कडा भन्दा कडा प्रतिश्पर्दा

मेयर नेपाली कांग्रेसः १०४०१ एमाले १०५४१ उपमेयर कांग्रेसः ९०६१ एमालेः १०१४९...