Motivate News

त्रिविको इतिहास लेखिँदै

पुस ४ , काठमाडौं – स्थापनाको आधा दसकपछि त्रिभुवन विश्वविद्यालय आफ्नो आधिकारिक इतिहास लेख्ने अभियानमा जुटेको छ। नेपालको पहिलो विश्वविद्यालय भए पनि लिखित आधिकारिक इतिहास नभएको र यसबाट विश्वविद्यालय सञ्चालनमा केही असुविधा भएको महसुस गरिएपछि प्राध्यापक विश्वविद्यालयको इतिहास लेखनमा जुटेका हुन्। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

विश्वविद्यालयले यसका लागि इतिहास केन्द्रीय विभागका प्रा. डा. भगेश्वर पङ्गेनीको संयोजकत्वमा एक समिति गठन गरेको छ र हाल उक्त समितिले इतिहासको खोजी सुरु गरेको छ। समितिका संयोजक पङ्गेनीले विश्वविद्यालयको इतिहास लोप हुने खतरा भएपछि त्यसको खोजी गर्ने कार्यमा आफूहरू जुटेको जानकारी दिए। उक्त समितिले विश्वविद्यालयको स्थापना र सञ्चालन, भौतिक संरचना, इतिहास लगायतका विषयमा खोजी गर्ने जिम्मेवारी पाएको छ।
जानकारका अनुसार त्रिविभन्दा अघि नेपालमा उच्च शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन भइरहेको भए पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। त्रिविको स्थापना गर्ने बहस २०१२ सालमा सुरु भए पनि विश्वविद्यालयको औपचारिक स्थापना २०१६ सालमा भएको थियो। विश्वविद्यालय स्थापना हुनुभन्दा अघि नेपालमा झण्डै दुई दर्जन क्याम्पस सञ्चालनमा थिए तर ती सबै भारतको पटना युनिभर्सिटीसँग आबद्ध थिए।
प्राध्यापकका अनुसार तत्कालीन अवस्थामा सञ्चालित दुई दर्जनभन्दा बढी कलेजलाई सम्बन्धन दिने र नयाँ विषयको औपचारिक पठनपाठन गर्ने मुख्य उद्देश्यले विश्वविद्यालयको स्थापना गरिएको हो। त्रिविको स्थापनापछि सञ्चालित दुई दर्जनभन्दा बढी कलेज भारतीय विश्वविद्यालयसँगको सम्बन्धन छोडेर त्रिविमा आबद्ध भएका थिए।
लिखित इतिहासको खोजीका क्रममा अध्ययन समितिका प्राध्यापकले हालै भारतको पटना युनिभर्सिटीबाट लिखित दस्तावेज सङ्कलन गरेको जानकारी संयोजक पङ्गेनीले दिए। यसबाहेक कोलकाता र बनारसका विश्वविद्यालयसँग पनि त्रिविका केही लिखित दस्तावेज हुन सक्ने भएकाले त्यसका लागि समेत प्रयास गरिने जानकारी प्राध्यापकले दिएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

काठमाडौँ – निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका...

प्राक्सिसको पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँ – चाबहिल चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडमीको आयोजनामा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ए वान पार्टी प्यालेस चावहिलमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट तथा अतिरिक्त कृयाकलाप एवम् खेलकुदमा विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण...

इक्यानमा सर्वसम्मत नेतृत्व नै आजको आवश्यकता हो : महासचिव प्याकुरेल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि ब्यक्तिगत र गुटगत तवरबाट आकाँक्षीहरुले सक्रियता बढाईरहेका छन । इक्यान करिब करिब निर्वाचनमा जाने निश्चित देखिएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज...

स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन हुँदा देशभर औषधि र खोप अभाव

काठमाडौँ – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्व विहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ । विगत एक महिना देखि महानिर्देशक नहुँदा जिल्ला जिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ । यसले...