Motivate News

देखन चम्पाको अपार सफलता पछि, गायक काफ्लेको अर्को गीत लाइदैँन माया पिरती बजारमा

काठमाडौँ – गायक कृष्ण काफ्लेको ‘आवाज’ एल्बमा समावेश गरिएको ‘लाइदैँन माया पिरती’ बोलको नयाँ लोक पप गीत बजारमा आएको छ । उक्त गीतमा शब्द विक्रम सुन्दासको रहेको छ भने संगित पुरुषोत्तम न्यौपाने भरेका छन्  रहेको छ ।

म्युजिकक भिडियोमा अशिष्मा नकर्मि र गायक काफ्ले आफैले अभिनय गरेका छन । भिडियोको डाइरेक्सन बिशाल भण्डारीले गरेका छन । चलचित्र लभ यु बाबाबाट मेरो मुटुको टुक्रा तिमी, चलचित्र बृन्दाबनको तिमी ताला म हुँ चाबी, चलचित्र छक्का पञ्जाबाट देखन चम्पा, किश्मत २ बाट तिम्रो पिक्चर हिट उनका सफल गीतहरु हुन् ।

१५० भन्दा बढी गीतहरुमा उनले आफ्नो आवाज दिइसकेका गायक काफ्ले अहिले सांगितीक कार्यक्रममा निकै नै व्यस्त छन । उनी भन्छन् ‘हरेक कुराको समय आउनु पर्दो रहेछ र अहिले मेरो समय आएको अनुभुत गरिरहेको छु ।’

उनले अगाडी भने, ‘छील्ला समयमा आएका गीतहरु निकै नै सफल रहे, धेरै दर्शक, श्रोतको माया पाईरहेको छु र त्यसैको निरन्तरता स्वरुप अहिले यो लाइदैँन माया पिरती आएको छ ।’

प्रतिकृया दिनुहोस्
Vijay lama

नेपालको झण्डा भएको जहाँज उडाउँदा नेपाल उडाएको जस्तो हुन्छ :विजय लामा

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजना गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ मा वरिष्ट पाइलट विजय लामाले नेपाली भण्डा भएको जहाँज उडाउँदा नेपाल उडाएको जस्तो हुने बताएका छन् । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा उनले...

IMG_0182

यस्तो रह्यो नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ (हेर्नुहोस फोटो र भिडियोमा)

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजनाका गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ भव्यताका साथ सम्पन्न भएको छ । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकाशानन्दले सफलताका लागि प्रवचन दिएका थिए भने अन्य वक्ताले आफ्ना...

Geet

पुस्कल शर्माले फेरी गाय-म मरेको दिन (हेर्नुहोस भिडियो)

काठमाडौं – पुस्कल शर्माले फेरी अर्को गित म मरेको दिनमा आवाज भरेका छन् । प्रकाश दर्नालको पहिलो गित म मरेको दिनमा शर्माले आवज भरेका हुन् । उनलाई आवाजका गायिक पुर्णकला विसिले साथ दिएकी छन । सुन्दाश फिल्मले बजार व्यवस्थापन गरेको यो गितमा...

Capture1

सार्वजनिक भयो आचार्यको गित चट्ट सलामको म्यूजिक ट्रयाक

काठमाडौँ – अष्ट्रेलियामा रहेर पनि नेपाली गित संगितमा सक्रिय गायक समीर आचार्यको लोकप्रिय गीत चट्ट सलामको म्युजिक ट्रयाक सार्वजनिक भएको छ । सुदुर पश्चिममा बोलीले शब्दहरूको समेत मिश्रण रहेको यस गीतको ट्रयाक युट्युव मार्फत सार्वजनिक भएको हो । आचार्यकै शब्द रहेको यस...