Motivate News

क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’

पुस ६ , भरतपुर – भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको हो ।
टोलीको प्रतिवेदन आउनेवित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेका थिए ।
छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अडि्कएको जनाएको छ ।
समितिले चीन सरकारले सहयोगस्वरूप दिएको २७ करोडबरारबरको उपकरण प्राप्त भएपछि हालसम्म त्यसको प्याकेजसमेत नखोली जडानमा चासै नदिएको समेत औंल्याएको छ।

प्रतिकृया दिनुहोस्

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा!

असोज १०, काठमाडौं- बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अअस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका...

टिकट पक्का भएपछि कोमल वली एमालेमा

असोज १०, काठमाडौं – लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन्। उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन्। यो खबर हामीले...

प्रदेश ३ मुख्यमन्त्रीका दावेदार गगनको सक्रियता

असोज १०, काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४...

मन्त्रीद्वय जितेन्द्र देव र गोपाल दहित फिर्ता हुँदै

असोज १०, काठमाडौं – लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ। कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी...