Motivate News

डेढ दर्जन विद्यालयमा विद्यार्थी शून्य: कामै नगरी तलब खान्छन् शिक्षक

पुस ७, काठमाडौं – सिन्धुलीका करिब डेढ दर्जन विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् । तर ती विद्यालयका ३६ जना शिक्षकले भने नपाढाईकनै तलब खाइरहेका छन् ।

सिन्धुलीका १६ वटा विद्यालयका शिक्षकले कामबिना नै सरकारी तलब खाइरहेका हुन् ।विद्यार्थी सङ्ख्या कम भएपछि तत्कालीन शिक्षा समितिले १६ वटै विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका सबै विद्यालयहरु प्रावि हुन् ।

विद्यार्थी कम भएका कारण जनज्योति, कालिका, जनसेवी, कल्याणी, सहित, त्रिवेणी, शुभकामना, जनजागृति, जनकन्या, पञ्चकन्या, जनकलाल, जनचाहना, बागेश्वरी, तारुफेदी, रस्वती र जनएकता प्रावि बन्द गर्न समितिले सिफारिस गरेको थियो ।

विद्यार्थी नभएका वा कम भएका विद्यालयहरु मर्ज नहुादा शिक्षकहरुले बिनाकाम तलब खाइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्
nriwachan

यसरी चुनिन्छन् स्थानीय प्रतिनिधि

फागुन ११,काठमाडौं – स्थानीय तह पुनर्संरचना आयोगको प्रस्तावअनुसार देशभर दुई सय ४१ नगरपालिका, चार सय ६२ गाउँपालिका, १२ उपमहानगरपालिका र चार महानगरपालिका हुनेछन् । आयोगको प्रस्तावअनुसार जम्मा सात सय १९ स्थानीय तहमा ६ हजार पाँच सय ५३ वडा रहनेछन् । यसरी गाउँ,...

madira

२१ वर्षमुनिकाले मदिरा किन्न नपाउने

फागुन ११,काठमाडौं – सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ । सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा...

komal-oli

राप्रपा केन्द्रिय समितिको निर्वाचनमा बुद्धिमान तामाङलाई सर्वाधिक मत, कोमलवली तेस्रो

फागुन ११,काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान...

oil-tanker-650x378

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

फागुन ११,काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।...