Motivate News

कविता : तिम्रो नशाको अन्त्य !!

काठमाडौं –

हिजो

उ विवश छ, उ बाध्य छ
फेरि पनि समाएको छ कलम,
तिम्रो नशामा
अविरल बग्दछ उसको शब्दहरु,
नशाले ग्रसित कलमको साथसाथ,
सायद पागलपनको पहिलो लक्षण ।

आज,

सफलता उ देखिरहेको छ,
किनकि नशामै सिमित,
उसले तिमी देखिरहेको छ
तिम्रा हरेक पाइलाहरु, तिम्रा हरेक बोली,
उ तिम्रै सौर्न्दर्यमा मन्त्रमुग्ध भएको छ,
अनिँदो छ उ,
समय बिर्सिएको छ, घडी बिर्सिएको छ,
चाहे दिन होस या रात,
उ ब्यस्त छ, मात्र तिम्रो कल्पनामा,
नशा अवश्य तिम्रो , तर अब उसको वास्तविकता ।

भोलि,

किताब पल्टाउछ उ,
तर अक्षर होइन, उ तिम्रो तस्बिर देख्छ,
हेरिरहेको छ उ, अझै पनि
एकनासले तिम्रो तस्बिर
खै कस्तो नशामा फसेको छ उ,
मात्र तिम्रो लागी,
निर्जीव भएको छ उ,
आफ्नो वातावरणबाट टाढा,
देख्दा सालिक तर उ छ सजिव ।

अन्तत,

समय प्रगतिशील छ,
चलिरहेको छ वायु, परिवर्तनको
उ खोज्दैछ बाटो,
तिम्रो नशाको अन्त्य गर्न,
सम्हालिदैछ क्रमश,
वास्तविकतालाई अँगाल्ने प्रयास गर्दैछ,
कल्पनाबाट टाढा,
ब्यस्त छ उ आज र ब्यस्त छ उसको कलम
लम्कदैछन दुवै वास्तविक गन्तव्यतर्फ,
बौरिन प्रयासरत छन,
प्रतीक्षामा अल्मलिएको उसको मस्तिष्क,
आज बिउँझिने प्रयासमा छ,
टाढिन चाहन्छ उ तिमी बाट,
तिम्रो नशा बाट,
सायद, हरेक अब्यक्त प्रेमको अन्त्य ॥

 

यो पनि पढ्नुहोस्

कविता : तिम्रो नशामा

फेरि तिम्रो नशामा(कविता)

फेरि पनि तिम्रै नशामा (कविता)

प्रतिकृया दिनुहोस्

को हुन् अम्बिका गुरुङ ? कसरी गीतसंगीतमा लागि परिन ? के भन्छिन गीतसंगीतको बारेमा ?

काठमाडौँ –  गीतकार तथा साहित्यकार अम्बिका गुरुङ सौम्य, भद्र, समाजसेवी भावनाकी धनी र मिलनसार व्यक्ति हुनुहुन्छ ।  विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि...

अम्बिका गुरुङको मन छुने कविता ‘एक सिपाही’

 पर्खि नबसे प्यारी मलाइ पर्खि  ठेगान छैन मेरो आउने हल्लै हल्ला बारूत् को धुलो देख्छु जता ततै मर्ने बाच्ने ठेगान छैन उडी रहेछ कालो कालो धुलो माथि बादल संगसंगै जता ततै अध्यारो छ आँखा खोलि हेरे पनि केहि देख्दिन आफ्नै छायाँ  हराई...

अम्बिका गुरुङको कविता ‘सोच’

सोच हाम्रो खजाना हो त्यो सोचलाई सृजनात्मकता बनाउँ काम गर्दा गर्दै अधुरो छाडिएका कामहरु सकारात्मक ढंगले सकौँ निर्दयी नभई निर्णय लिउँ कहिले हानिकारक हुदैन अलि पछाडि  नै होस् बरु निर्णय राम्रो लिउँ जिरै बाट सोचौ अब भोलि के गर्ने फोकस गरौ आफ्नो...

अम्बिकाको कविता ‘आजको नेपाल’

  बिश्वको दोश्रो जलश्रोतको धनि नेपाल आज अन्धकारमा डुबेको छ संजीवनी पाउने देशमा सिटामोल नपाएर, यो देशमा आज मानिस मरी रहेछ यो कस्तो बिडम्बना हो यो कस्तो नियति हो आफ्नो घर आफै भत्काई रहेछ आफ्नो देशलाई आफै बेची रहेछ पर्यटकमा अडेको छ...