आगलागीबाट घर गोठ सहित धनमाल जलेर नष्ट


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, माघ १ २०७६
11.7K
SHARES

काठमाडौँ -तिलाठी कोईलाडी गाउँपालिका(७ बभनगामा बस्ने देवनारायण साहको गोठघरमा घुरको आगोबाट बुधबार बिहान आगलागी हुँदा देवनारायणको गोठघर, नगद ५० हजार रुपैयाँ तथा अन्य २ जनाको गोठघर समेत जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।