Motivate News

तामाकोसी सेयरले माओवादी कार्यकर्ता पोस्ने तयारी

पुस ११, काठमाडौं – सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।उसले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रूपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु अति विपन्न तथा सहित र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाढ्न लागेको हो।

कात्तिक तेस्रो सता तामाकोसी आयोजनास्थलको आकस्मिक निरीक्षणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी ऋणलाई सेयरका रूपमा वितरण गर्ने आश्वासन बाँडेका थिए। राजधानी फर्केलगत्तै दाहालले त्यसका लागि मापदण्ड मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए।
सेयर वितरणको खाका कसरी तयार पार्दा प्रभावकारी हुन्छ भन्नेबारे प्रधानमन्त्री दाहालले विज्ञहरूसँग राय सुझावसमेत लिएका थिए। विज्ञबाट पनि सरकारले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रकम सेयरका रूपमा पूर्वमाओवादी लडाकु, अति विपन्न तथा सहित र बेपत्ताका परिवारलाई वितरण गर्न सकिने सुझाव दिएपछि त्यही आधारमा सरकार अघि बढेको हो।

प्रतिकृया दिनुहोस्

बजेट पुरानै संरचनामा

जेठ ९ ,काठमाडौं – स्थानीय तहलाई दिने अनुदान एउटै बास्केटमा राखिने, मापदण्ड बनेपछि वितरण संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४/७५ को बजेटमा पुरानै संचरनाअनुसार कार्यक्रम र रकम विभाजन हुने भएको छ । केन्द्रमा...

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित

जेठ ८, काठमाडौं – आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ। सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी भएको छ। यो खबर सुजित महत/नवीन अर्यालले...

एलईडी खरिद प्रकरण ः भारतभन्दा आधै सस्तो

बैशाख ३०, काठमाडौँ – विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन्।...

एलइडी बल्ब खरिदमा भारतीय उर्जामन्त्रीको आयो स्पस्ट जवाफ

वैशाख २९–भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ सय करोड रुपैयाँ भारु बचत हुने बताएका छन् । एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको...