Motivate News

वीरगञ्ज कारागारका कैदीले चक्कु प्रहार गर्दा पाँच घाइते, एकको अवस्था गम्भीर

पुस ११, काठमाडौं — वीरगञ्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

कैदी पनिलाल पण्डितले अन्धाधुन्द चक्कु प्रहार गर्दा वीरगन्जको घडीअर्वा घर भएका कैदी राजनको बानियाँ गर्दनमा चक्कु प्रहार गरी घाइते बनाएका हुन् । उनी सख्त घाइते छन् ।

चक्कु प्रहार गर्ने पण्डित भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्व कार्यकर्ता रहेको बुझिएको छ । पण्डित अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा कैद सजाय भोगिरहेका कैदी हुन् । उनलाई तीन महिना पहिले मात्र झुम्का कारागारबाट सरुवा गरेर वीरगन्ज कारागारमा ल्याइएको थियो ।

चक्कु प्रहारबाट घाइते हुने अन्य कैदीहरुमा रहेका बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा रहेका छन् । पण्डिले उनीहरुको हात, पाखुर र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।

गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए । उनलाई थप उपचारका लागि काठमाडांै लैजानुपर्ने डाक्टरहरुले बताएका छन् । अन्य घाइते कैदीहरुको भने नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ

चक्कु प्रहार गर्ने पण्डितको मानसिक सन्तुलन ठीक नभएको र उनले यसको औषधि खाने गरेको भएपनि यसबारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने रामेछाप कांग्रेसका उम्मेदवार कान्छारामको घोषणा

मंसिर ७,रामेछाप – रामेछापका  प्रतिनिधि सभाका उम्मेदवार  पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अाफुले चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने बताएका छन्  । जिल्लाका विभिन्न ठाउमा भएकाे चुनावी  सभालाई सम्बाेधन गर्दा उनले सरकारले जति तलव भत्ता दिन्छ तेती अाफ्नाे कमाई...

कांग्रेसले गठबन्धन अझै कस्ने

मंसिर ७, काठमाडौं- वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे...

आज राति १२ बजेबाट मौन अवधि सुरु हुने

  मंसिर ७, काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि चुनावको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट...

सुरक्षामा खेलाँची

मंसिर ७, काठमाडौं – पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चर क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी(सचिव)प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहिन छ ।आजको नागरिकमा खबर छापिएको छ । सुर्खेतस्थित...