Motivate News

समिरको “बल्ल चाल पाए” गीतको म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं — गत महिना मात्र ‘चट्ट सलाम छ’ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन । राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको “बल्ल चाल पाएँ” बोलको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ ।

sairmr-o

अष्ट्रेलीयामा बसोबास गर्दै आएका अहिलेका निकै नै ब्यस्त निर्देशक जीवन रसायलीले निर्देशन गरेको भिडियोमा र्याम्बो अधिकारी र रोजालीन बसुको अन स्क्रीन रोमान्स देख्न सकीन्छ । अष्ट्रेलीयाका विभीन्न ठाउँहरुमा छायांकन गरीएको भिडियोमा आधुनिक पहिरनका साथै नेपाली भेष भुषामा पनि सजीएर रमाईलो गरेको देख्न सकिन्छ ।

यस भिडियोमा र्याम्बो र रोजालीनको उत्कृट प्रस्तुतीका साथै समीर आफैको पनि स्क्रीन फीचर निकै राम्रो भएको छ । आठ वर्षको अष्ट्रेलीयाको बसाईका क्रममा त्यहाँबाटै नेपाली संगीतमा एक पछि अर्काे हिट गीत बजारमा ल्याईरहेका समीर यो गीत पनि श्रोता दर्शकहरुले मन पराईदिनेमा ढुक्क छन ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

को बस्ला केकी अधिकारीको मनमा ? यि हुन् संभावित युवक

काठमाडौँ – चर्चित नायिका केकी अधिकारीले अभिनय गरेको ‘हेरी तिम्रो नजरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका बसन्ता प्रकृतिको मनमा एल्बममा समावेश १ नम्बर ट्रयाक हेरी तिम्रो नजरमा बोलको गीतको सार्वजनिक भिडियोमा सुन्दरी नायिका केकीले धमाकेदार नृत्य प्रस्तुत गरेकी छिन्...

गायक जिबेश गुरुङको देश प्रतिको माया समेटिएको गीत “भूमि” (हेर्नुस् भिडियो)

काठमाडौं – गायक जिबेश गुरुङको मन छुने देश प्रती माया दर्साइएको गीत “भुमी” सार्बजनिक गरिएको छ । गीतमा शब्दसंगीत गायक गुरुङ कै रहेको छ भने एरेन्ज दिनेश श्रेष्ठ, गीतारमा प्रथाक आचार्यको रहेको छ । हेर्नुस् भिडियो...

संगीतकार डि.आर. “अटु”को गीत जहाँ गए पनि ,हाम्रो देश हामीलाई प्राणभन्दा प्यारो छको चौतर्फी चर्चा

काठमाडौँ – संगीतकार डि.आर. “अटु”को राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि परवासमा रहेर पनि नेपाली गीतसंगीतमा क्रियाशिल संगीतकार डि.आर. को जहाँ गए पनि ,हाम्रो देश हामीलाई प्राणभन्दा प्यारो छ’ बोल को स्वदेशगान सार्वजनिक भएको छोटो समयमा नै...

गायिका खोमाई लामाको “च्याङ्बा दाइ” (हेर्नुस भिडियो)

काठमाडौं – गायिका खोमाई लामाको “च्याङ्बा दाइ” गीतको  म्युजिक भिडियो सार्वजानिक भएको छ | भुश्येन लामाको शब्द संगीतमा रहेको सेलो शैलीको गीतमा बबिराज घतानीको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा मोडेल राजु ग्याबक र रोहानी लामाको अभिनय रहेको छ | निर्देशक...