Motivate News

महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष (भिडियो सहित)

काठमाडौं – विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए ।

एक अर्व पुजि भएको उक्त कम्पनीमा हाल ७ जनाको संचालक समिती रहेको छ भने सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयर धनिबाट थप दुई जना संचालक समितीमा सदस्य थप गरिने बताइएको छ । २ सय छपन्न जना सस्थापक शेयर धनि रहेको काठमाडौं क्यापिटल लिमिटेडले पुजी बजारमा आफ्नो आगमन उत्पादन मुलक क्षेत्रमा लगानी र रोजगारी सृजना मार्फत राज्यलाई आर्थीक सम्बृद्धीमा डोर्याउनका लागि भएको बताएको छ । उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निमार्ण लगायत विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताएको छ ।

चुक्ता पुजि ३२ करोड रहेको उक्त कम्पनीले पहिलो बर्षमा शेयर धनिहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने र दोश्रो बर्ष ३० प्रतिशत लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । नेपालमा लव्धप्रतिष्ठित व्यापारीहरु, बैंकर, सिए लगायतले उक्त कम्पनीमा लगानी गरेका छन् ।

कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्यापिटल लिमिटेडले गाँउगाँउमा गएर सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा भएका पव्लिक इन्भेष्टमेन्ट कम्पनीले सहर कन्द्रीत भएर घर जग्गामा मात्र लगानी गरेको भन्दै यो कम्पनीलाई उत्पादनसिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । देश र जनताको लागि काम गर्ने जो सुकै कम्पनीलाई पनि आफूले सहयोग गर्ने बताउँदै मन्त्री जोशीले कम्पनीको बारेमा सोच्न भन्दा देशको बारेमा सोचेर आफ्ना काम कारवाहीलाई अगाडी बढाउन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले सबै शेयर सदस्यहरुको भवना अनुसार, नियम कानुनमा रही देश र जनताको पक्षमा कम्पनीले काम गर्ने बताए ।

त्यस्तै, काठमाडौं क्यापिटल लिमिटेडले नेपालमा सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरि देशको सम्बृद्धी गर्न तिर अगाडी बढ्ने संचालक समितीका सदस्य दिपक पाण्डेले बताए । स्वागत मन्तव्य राख्दै उनले नेपाल सम्भावनको भुमि हो, ति सम्भावनाहरुलाई चिनेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि काठमाडौं क्यापिटल लिमिटेडको स्थापना भएको बताए ।

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्

बजेट पुरानै संरचनामा

जेठ ९ ,काठमाडौं – स्थानीय तहलाई दिने अनुदान एउटै बास्केटमा राखिने, मापदण्ड बनेपछि वितरण संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४/७५ को बजेटमा पुरानै संचरनाअनुसार कार्यक्रम र रकम विभाजन हुने भएको छ । केन्द्रमा...

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित

जेठ ८, काठमाडौं – आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ। सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी भएको छ। यो खबर सुजित महत/नवीन अर्यालले...

एलईडी खरिद प्रकरण ः भारतभन्दा आधै सस्तो

बैशाख ३०, काठमाडौँ – विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन्।...

एलइडी बल्ब खरिदमा भारतीय उर्जामन्त्रीको आयो स्पस्ट जवाफ

वैशाख २९–भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ सय करोड रुपैयाँ भारु बचत हुने बताएका छन् । एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको...