Motivate News

अर्थले रकम नदिँदा कर्णालीमा खाद्यान्न ढुवानी रोकियो

पुस १४, काठमाडौं — अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा कर्णालीका सुक्खा प्रभावित जिल्लामा साउनदेखि खाद्यान्न ढुवानी रोकिएको छ। सरकारले गत वर्ष कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्लामा ‘कामका लागि खाद्यान्न’ वितरण कार्यक्रमका लागि १० करोड २३ लाख रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म सो रकम निकासा नहुँदा खाद्यान्न ढुवानी प्रभावित भएको हो।

नेपाल खाद्य संस्थानका अनुसार रकम निकासा नहुँदा गत साउनदेखि प्रभावित जिल्लामा खाद्यान्न ढुवानी रोकिएको हो।
आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले भने खाद्यान्न ढुवानीका लागि अर्थ मन्त्रालय ३ करोड रुपैयाँ निकासा गर्न सहमत भएको जानकारी दिए। “रकम निकासा गर्नका लागि केही समय लाग्छ,” प्रवक्ता श्रेष्ठले भने, “पहिलो चरणमा ३ करोड रकम निकासा गर्ने प्रक्रिया अगाडि बढेकाले बाँकी क्रमशः निकासा हुँदै जान्छ ।”
नेपाल खाद्य संस्थानका वितरण विभाग प्रमुख शंकर सापकोटाले समयमा रकम निकासा नहुँदा ढुवानीमा समस्या भएको बताए। गत वर्ष विभिन्न जिल्लामा १३ हजार क्विन्टल चामल ढुवानी गरिसके पनि अहिलेसम्म त्यसको रकम निकासा हुन सकेको छैन।
“यसै कारणले गत साउनदेखि चामल ढुवानी रोकिएको छ,” सापकोटाले भने। अर्थमन्त्रालयले रकम चाडो निकासा गरिदिए ढुवानीको काम अगाडि बढाउन सहज हुने उनको भनाइ छ।
संस्थानले प्रभावित जिल्लामा केही परिणाममा चामल ढुवानी गरिसके पनि अहिलेसम्म त्यसको ढुवानी रकम निकासा नहुँदा थप खाद्यान्न ढुवानीमा प्रभावित भएको जनाएको छ।
कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्ला हुम्ला, मुगु, डोल्पा, कालिकोटमा ३० हजार क्विन्टल र बझाङका केही गाविसमा चार हजार क्विन्टल चामल ढुवानी गर्न सरकारले निर्देशन दिएको थियो।
मन्त्रिपरिषद्बाट पारित गरी अर्थमन्त्रालयमार्फत चामल ढुवानी गरेको परिणामको आधारमा रकम निकासा गर्ने निर्णय भएको थियो। तर, लामो समय बितिसक्दा पनि रकम निकासा नहुँदा चामल ढुवानीमा रोकिएको संस्थानले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सरकारी ढुकुटीमा एनसेलको १७९ अर्ब योगदान

चैत १७ ,काठमाडौं – विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया“ योगदान गरेको देखिएको छ। ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा राजस्वमा प्रत्यक्ष करतर्फ ६९ अर्ब, अप्रत्यक्ष करतर्फ...

१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने

चैत १६ ,काठमाडौं- भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न...

भैरहवासम्मै प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत

चैत १५, काठमाडौं – छिमेकी भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई...

नेपाल-भारत इन्धन सम्झाैता नवीकरण, तेस्रो मुलुकबाट आयात व्यवस्था गरिने

चैत १४ , काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग एकलौटी रूपमा इन्धनको कारोबार गर्दै आएको नेपाल आयल निगम निकट भविष्यमा नै तेस्रो मुलुकबाट पनि इन्धनको कारोबार गर्न सक्षम हुने भएको छ । निगम र आईओसीबीच भारतको दिल्लीमा हुन लागेको इन्धन कारोबार...