Motivate News

नेपालसँग संयुक्त सैन्य अभ्यास २०१७ मा हुन्छ ः चीन

पुस १४, काठमाडौं – चीनले सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले आज यस्तो घोषणा गरेका हुन् ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भने, ‘सन् २०१७ मा चीन र नेपालबीच पहिलो पटक संयुक्त सन्य अभ्यास हुनेछ ।’

नेपालले हालसम्म भारत र अमेरिकासँग मात्र संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो । यसले नेपालको सुरक्षा निकायमा चिनियाँ चासो बढ्दै गएको देखाउछ । नेपाली सेनाका प्रवक्ता ताराबहारदुर कार्कीले चीनसँग संयुक्त सैन्य अभ्यासका विषयमा वार्ता भइसकेको बताए ।

यस सम्बन्धी समाचारहरु प्रकाशित भएपछि परराष्ट्र मन्त्री प्रकास शरण महतले मन्त्रायलमै पत्रकार सम्मेृेलन गरेको यो निराधार हल्लामात्र भएको बताएका थिए । आज चीनको तर्फबाट यसको आधिकारिकता पुष्टि भएपछि सरकारलाई झट्का त लागेको छ नै हाम्रो दक्षिणी छिमेकी देश भारतलाई समेत यसले असर गर्न सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारीलाई सात पुस्ता नछोड्ने कानुन मन्त्रीको उद्घोष

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले भ्रष्टाचार विरुद्ध कडारुपमा प्रस्तुत हुन थालेपछि केही ब्यक्तिले फोन गरेर दवाव दिन थालेको खुलासा गरेका छन । शनिबार नेकपा एमाले मेलम्ची काठमाडौँ सम्पर्क मञ्चद्धारा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले...

मोदी भ्रमण वैशाख अन्तिम साता, छलफलबिनै भारतले तोक्या मिति

काठमाडौं – चैत तेस्रो साता भारतले तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सवैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भुगोलले सानोठुलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए । तर, महिना दिन नबित्दै उक्त भनाईविपरितका कुटनीतिक व्यवहार...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गम्भीर भनिएको शनिबारको बैठक पनि उपलब्धि विहिन्

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्ष बीच शनिबार पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टा सम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष...