Motivate News

तीन दिनभित्र सहमति गर्नुस् ः सभामुख

gharti

पुस १४, काठमाडौं – सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छन् ।

सभामुखले भनिन् ‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुबीच अझै घनिभूत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु । तीन दिनभित्र पनि दलहरुबीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्छ ।’

सभामुखले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनका लागि आफूले निर्देशन दिएको बताइन् । ‘मैले उहाँहरुलाई राजधानी बाहिर नजानका लागि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्न मैले निर्देशन दिएको छु, । ’

आगामी बैठकसम्म पनि सहमति नभए एकै दिनमा धेरै पटक बैठक बोलाउने उनले जनाइन्। सहमतिकालागि अहिले दलहरुबीच एक पक्षीय, द्विपक्षीय र बुहपक्षीय वार्ता भैरहेको जानकारी दिँदै उनले भनिन्, ‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुबीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो।’ संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताइन् ।

प्रतिकृया दिनुहोस्
kulman-ghising-nepal-electricity-authority

विद्युत् आपूर्ति अब निरन्तर

फागुन १२,काठमाडौं- सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको छ। ‘सबैभन्दा कम उत्पादन हुने यही महिना (फागुन) हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अबका...

raprapa-2

राप्रपाका पूर्वपदाधिकारी केन्द्रीय सदस्यमै पराजित

फागुन १२,काठमाडौं- राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन्। प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका सदस्यसचिव सुरेशप्रसाद आचार्य, सहायक महामन्त्री तारानाथ लुइँटेल पराजित भए। शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर...

Petrol-Queue

किन भयो उपत्यकामा पेट्रोलियम हाहाकार

फागुन १२,काठमाडौं- ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन्। हडतालको त्रासमा...

madheshi-morcha

संशोधन पारित नभए मानिन्न : मोर्चा

फागुन १२,काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले भनेअनुसार नै परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नभए स्वीकार नगर्ने घोषणा गरेको छ । मोर्चाले जसरी पनि परिमार्जनसहित संविधान संशोधन हुनैपर्ने अडान राखेको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। संशोधन विधेयक...