Motivate News

सत्ता टिकाउन विदेशी आए ः थापा

पुस १५, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘ठूला दलहरुले सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आड लिन खोज्दा’ अहिले देश गम्भीर सङ्कटमा परेको बताएका छन् ।
राप्रपा भक्तपुरले आयोजना गरेको मध्यमाञ्चलस्तरीय आमसभा एवं राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष सुरेन्द्रप्रताप शाहको वार्षिक स्मृति सभामा उनले यस्तो बताएका हुन् । थापाले भने, ‘सत्तामा पुग्न र टिक्न बाह्य शक्तिको आशीर्वाद चाहिन्छ भनेर सबै राजनीतिक दल हाबी भएका छन् जसका कारण विदेशी हस्तक्षेप बढ्दै गएको छ ।’
यसैगरी राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले ‘जनताको चाहना विपरीत मेटिएको हिन्दू राष्ट्रको पहिचानलाई’राप्रपाले कुनै हालतमा फर्काउने दृढता व्यक्त गरे । कार्यक्रममा राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, महामन्त्री टङ्क ढकाल, उपाध्यक्ष बुद्धिमान तामाङ, राजीव पराजुली, लगायतका नेताहरुले आ– आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज रहेको गितमा विनोद श्रेष्ठ, आरोसी...

एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ । यो दृश्य भने रियल लाइफमा नभई...

मिस SEE स्टारको घोषणा जेठमा हुने , विजेतालाई आकर्षण उपहार

काठमाडौँ – जेठको २० गते मिस SEE को घोषणा हुने भएको छ । कक्षा १० को परिक्षा दिएर बसेका छात्राहरुलाई लक्ष्क्षित गर्दै भवानि इन्टरटेन्मेन्टले मिस SEE को आयोजना गरेको हो । एक महिना भन्दा बढिको तालिम अवधिबाट उत्कृष्ट छानिने एक जनाले मिसSEE...

संचारकर्मी रंजित मोडलिङमा जम्दै (हेर्नुस् भिडियो)

काठमाडौं – गायक स्वरुप छेत्रीको “जिन्दागानीमा” बोलको गीत भर्खरै मात्र सांगीतिक बजारमा आएको छ । गायक स्वरुप छेत्रीको आफ्नै शब्द संगीत रहेको यस म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल रन्जित पौडेल लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ । जीवनको परिभाषालाई सरल ढंगबाट संगीतमा...