Motivate News

सार्वजनिक भयो गीतकार रिन्जि सागर राईको प्रीत एल्बम

काठमाण्डौ – कवि तथा गीतकार रिन्जि सागर राईको पहिलो आधुनिक गितिसंग्रह प्रीत सार्वजनिक भएको छ । शनिबार काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा बरिष्ठ संगितकार सुरेस अधिकारीको प्रमुख आतिथ्यतामा प्रीत एल्बम बिमोचन गरिएको हो ।
प्रीतमा गीतकार राईका ५ वटा गीत समावेश गरिएको छ । सुरेस अधिकारी,लक्ष्मण शेष,राजशुक्र लिम्बु र जसिहाङ राईको संगित रहेको एल्बममा स्वरुपराज आचार्य,अञ्जु पन्त,रजिना रिमाल,मेलिना राई,प्रवेश राई र टेकेन दाहालले स्वर दिएका छन् । प्रीतभित्र न हौँ उदास, भुलुँ भुलुँ भुल्नै सकिन,सपनीमा आयौ तिमी, केहि बन्न चाहान्छौ र जहाँ थियौ बोलका गीत समावेश छन् । प्रीत एल्बम भिक्टोरिया म्युजिकले बजारमा ल्याएको हो ।
कवि एवं गीतकार रिन्जि सागर राईको यसअघि आरम्भ यात्रा कवितासंग्रह प्रकाशित भइसकेको छ । विभिन्न चलचित्रहरुमा पनि गीतकार रिन्जि सागरका गीत समावेश गरिएको छ । जसअन्तर्गत भैरब चलचित्रको शीर्ष गीत नाच भैरे नाच, हाउ फन्नीको शीर्ष गीत एक थुंगा तारा टिप्न आकाश पुग्नु पर्दैन सर्वाधिक लोकप्रीय छन् । त्यस्तै मतान चलचित्रमा गायीका सुनिता राईको स्वरमा रहेकोसम्झनामा सधैँ सधैँ बोलको शीर्ष गीत पनि चर्चित छ ।
बिमोचन समारोहमा बोल्दै बरिष्ठ संगितकार सुरेस अधिकारीले रिन्जि सागर राई अब कविमात्र नभई एक स्थापित गीतकार भइसकेको बताए । साथै प्रीतभित्रका गीतमा मायाप्रेमका मात्रै नभई सन्देशमुलक र चेतनामुलक गीत समावेश रहेको अधिकारीले बताए । एल्बम बिमोचनका क्रममा बोल्दै गीतकार रिन्जि सागर राईले आफ्ना गीतले नेपाली सांगितिक क्षेत्रमा एउटा ईट्टा थप्न मद्धत पुग्ने विस्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्

अम्बिका गुरुङको एउटा परामर्श छ आजको युवालाई

  मेरो एउटा परामर्श छ आजको युवालाई धैर्य गरेर सुन ,सायद  मेरो एउटा सानो परामर्श तिम्रो पहाड जस्तो जिन्दगीमा कसरी  क्रय-विक्रय गर्ने त्यसमा अलिकति भए पनि मद्दत होला तिम्रो जिन्दगीमा तिमी धेरै योजना परियोजना सृजना गर्छौ तर पनि तिमीलाई ठुलो मान्छेको परामर्श...

अम्बिकाको गीतलाई भिडियोमा यसरी उतारिन अनिशाले (हेर्नुस भिडियो)

काठमाडौँ – विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय  भन्दा बढि गीतहरु रेकर्ड भैसकेका  छन् । जसलाई नेपालका चर्चित...

मातृभूमिको सम्झनामा यसरी बगे गायक अनिश पाण्डे (हेर्नुस भिडियो)

काठमाडौँ – लामो समयदेखि बेलायतमा बस्दै आएका गायक अनिश पाण्डेले राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । यसअघि मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् । जसको बोल...

‘मनसँग मन’ का गायक अनिश ‘प्रतीक्षा गर मेरी मायालु’को कभर गीत लिएर आए (भिडियो)

काठमाडौं – ‘मनसँग मन’ बोलको गीतबाट चर्चा कमाएका गायक अनिश पाण्डेले गायक दिपक खरेलको स्वरमा सजिएको गीत ‘प्रतीक्षा गर मेरी मायालु’मा स्वर भरेर परिमार्जित शैलीमा नयाँ ढंगले कभर गीत तयार गरेका छन् । प्रतीक्षा गर मेरी मायालु निकै नै मर्मस्पशी भएको, यसलाई...