Motivate News

राजधानी कठ्यांग्रियो, दुई दिनसम्म पानी पर्नसक्ने

pani

पुस १७, काठमाडौं — राजधानीमा जाडो बढेसँगै आजदेखि लगातार दुई दिनसम्म पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । शनिबार राति समेत उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् सुवेदीका अनुसार विशेषगरी पश्चिमी उच्च पहाडी क्षेत्रसँगै हिमाली क्षेत्रमा हल्का हिमपातसहित पानी पर्ने सम्भावना छ ।

शनिबार ताप्लेजुङ, काठमाडौं उपत्यका र ओखलढुंगामा पानी परेको मौसमविद् सुवेदीले जानकारी दिए। २४ घण्टामा ताप्लेजुङमा ४ मिलिमिटर पानी परेको छ। काठमाडौंमा शून्य दशमलव १ मिलिमिटर र ओखलढुंगामा फाट्टफुट्ट पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेकाले आइतबारदेखि न्यूतम तापक्रम घटेर चिसो बढ्ने अनुमान गरिएको छ। हिउँदे वर्षा भएपछि हुस्सु लाग्नुका साथै देशभरी कै न्यूनतम तापक्रम घटेर चिसो बढ्ने मौसमविद् सुवेदीले जानकारी दिए ।

मौसमविद् सुवेदीले भने, ‘आइतबार र सोमबार मौसम बदली भए पनि मंगलबारदेखि पूर्वी नेपालबाट मौसम खुल्ने अनुमान गरिएको छ ।’

प्रतिकृया दिनुहोस्
madheshi-morcha

मोर्चालाई मनाउने तीन उपाय

फागुन ६,काठमाडौं – माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले अब बस्ने संसद् बैठकअगावै स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको छ । सकभर मधेसी मोर्चालाई पनि विश्वासमा लिन प्रयत्न गर्ने, तर सहमतिमा नआए निर्वाचनको मिति घोषणामा ढिलाइ नगर्ने माओवादीको...

nepal_airlines_759

नेपाल एयरलाइन्सका यात्रु ५१ प्रतिशत बढे, विदेशी एयरलाइन्स पछि परे

फागुन ६,काठमाडौं – नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा यात्रुको संख्या ५१ प्रतिशतले बढेको छ। सन् २०१५ को तुलनामा राष्ट्रिय ध्वजाबाहकले १ लाख ३० हजार बढी यात्रु बोक्न सफल भएको छ। काठमाडौंलाई उद्गम गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्स...

uml-party-office-in-dhumbar.jpg

ट्रम्पलाई हेरेर विदेश नीति फेर्न एमाले प्रस्ताव

फागुन ६,काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरोमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्तारुढ दलले निर्वाचन नचाहेको आरोप लगाएका छन् । कांग्रेस र माओवादी केन्द्रले निर्वाचन धकेल्न चाहेको र मधेसी मोर्चाले संविधान असफल पार्न खोजेको आरोप ओलीको छ । ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड...

dinesh-625x385

प्राविधिकलाई प्रहरी नेतृत्व राजनीतिक ‘असफलता’

फागुन ५,काठमाडौं -नेपाल प्रहरीका पूर्व महानिरिक्षक (आईजी)हरुले राजनितिक खिचातानी र हस्तक्षेपका कारण संगठनको नेतृत्व प्राविधिकको हातमा जानु दुर्भाग्यपुर्ण भएको बताएका छन् । प्रहरी प्रमुख छनोट विवाद र पछिल्लो स्थितीबारे असन्तुष्टि व्यक्त गर्दै पूर्वआईजीपीहरुले यसका लागि राजनीतिक नेतृत्वलाई दोष दिएका छन् ।आजको अन्न्पुर्ण...