Motivate News

भव्यताका साथ मनाइयो टोपी दिवस, काठमाडौंमा प्रभातफेरी

पुस १७, काठमाडौँ – अंग्रेजी नयाँ बर्षको पहिलो दिनको अवसरमा आज नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जागरुक युवा अभियान नेपालले आज माइतिघर मण्डलामा भेला भएर बानेश्वोरसम्म प्रभात फेरीको आयोजना गरेको थियो । ‘हाम्रो सान हाम्रो पहिचान : नेपाली टोपी अभियान’ भन्ने नारासहित राजधानी लगायतका देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी नेपाली टोपी दिवस मनाउन लागिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

विगत ३ बर्षदेखि मनाउँदै आएको टोपी दिवस यस बर्ष पनि निरन्तरता दिइएको उनले बताए पछिल्लो समय पश्चिमा सस्कृतिको प्रयोग बढेपछि नेपाली पहिचान जिवितै राख्न अंग्रेजी नया बर्षको पहिलो दिनलाई टोपी दिवसमा रुपमा युवाहरुले मनाउन शुरु गरेका हुन । दिवसका अवसरमा आज नेपाली राष्ट्रिय पोशाक दौरा, सुरुवालका साथै टोपी लाएर धेरैजसो मानिसहरु दैनिक काम शुरु गरेका छन ।

प्रतिकृया दिनुहोस्

सरकारी ढुकुटीमा एनसेलको १७९ अर्ब योगदान

चैत १७ ,काठमाडौं – विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया“ योगदान गरेको देखिएको छ। ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा राजस्वमा प्रत्यक्ष करतर्फ ६९ अर्ब, अप्रत्यक्ष करतर्फ...

केन्द्रमा रहेका केहीले निर्वाचन चाहेका छैनन् ः कुष्ण प्रसाद उपाध्याय(जिल्ला अध्यक्ष बर्दिया ने. नि. क. यु.सं)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशन त फेरिपनि रोकियो, आखिर किन यस्तो भइरहन्छ ?   हो, १६ गतेदेखि १८ गरेसम्म गर्ने भनेर तय भएको हाम्रो संगठनको एकताको सातौं महाधिवेशन अन्तिम समयमा आएर रोकिएको छ । आगामी बैशाख ३१ गतेको स्थानीय निर्वाचनको आचार...

गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’

चैत १६ ,काठमाडौं – सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ । सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने...

झुक्यायो मौसमले, बिहान आकाश खुल्ने, साँझ पानी पर्ने

चैत १६ ,काठमाडौं – बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै...