Motivate News

दक्षिण कोरियाले ज्याला बढायो, दशौं हजार नेपालीलाई फाइदा

पुस १९, काठमाडौं — दक्षिण कोरियामा २०१७ का लागि वृद्धि गरिएको ज्यालादर आइतबारदेखि लागू गरिएको छ । यस वर्ष ७.३ प्रतिशत ज्याला वृद्धि भएको छ । निर्धारित ज्यालाअनुसार कामदारले प्रतिघन्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन् ।

अब कामदारको दैनिक ज्याला ५१ हजार सात सय ६० वन भएको छ। त्यस्तै न्यूनतम पारिश्रमिक प्रति महिना १३ लाख ५२ हजार दुई सय ३० वन हुनेछ ।

हालको विनिमय दरअनुसार प्रतिमहिना नेपाली कामदारले ११ सय २० डलर (एक लाख २० हजार रुपैयाँभन्दा बढी) प्राप्त गर्नेछन् ।

२०१७ मा कामदारले प्रतिघन्टा चार सय वन थप रकम प्राप्त गर्नेछन् । अतिरिक्त समय काम भएको अवस्थामा प्रतिघन्टा नौ हजार सात सय पाँच वन प्राप्त गर्नेछन् । यसले इपिएस मार्फत दक्षिण कोरिया गएका दशौं हजार नेपाली कामदारलाई धेरै फाइदा हुनेछ ।

प्रतिकृया दिनुहोस्

केन्द्रमा रहेका केहीले निर्वाचन चाहेका छैनन् ः कुष्ण प्रसाद उपाध्याय(जिल्ला अध्यक्ष बर्दिया ने. नि. क. यु.सं)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशन त फेरिपनि रोकियो, आखिर किन यस्तो भइरहन्छ ?   हो, १६ गतेदेखि १८ गरेसम्म गर्ने भनेर तय भएको हाम्रो संगठनको एकताको सातौं महाधिवेशन अन्तिम समयमा आएर रोकिएको छ । आगामी बैशाख ३१ गतेको स्थानीय निर्वाचनको आचार...

गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’

चैत १६ ,काठमाडौं – सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ । सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने...

झुक्यायो मौसमले, बिहान आकाश खुल्ने, साँझ पानी पर्ने

चैत १६ ,काठमाडौं – बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै...

१० डिएसपीसहित ४८० प्रहरीको घेरामा आरआरमा स्ववियु चुनाव

  चैत १६ ,काठमाडौं – उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका...