Motivate News

युवा जादुगर सुरज मैनाली बने गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली जादुगर (भिडियो सहित)  

काठमाडौँ – युवा जादुगर सुरज मैनाली जादुको क्षेत्रबाट बहु प्रतिष्ठित गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउने पहिलो नेपाली बनेका छन् । उनले २४ अप्रिल २०१६ मा भारतमा भएको ‘सार्क म्याजिक कन्फरेन्स’मा आफ्नो क्षमता देखाउदै गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । उनी सार्क राष्ट्रमा नेपाली जादु कलालाई चिनाउने पहिलो नेपाली समेत बनेका छन्  ।

suraj-mainali-banner

कन्फरेन्समा ‘इन्टरनेशनल ब्रदरहुड अफ म्यजिसियन’को भारतीय शाखा ‘इन्डियन ब्रदरहुड अफ म्यजिसियन’ले एक जादु प्रदर्शन गरेको थियो । मैनालीले त्यहि प्रदर्शनमा आफ्नो क्षमता देखाउदै बिश्व रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

त्यस जादु शोमा मैनाली सहित १ सय ६२ जनाले जादु प्रदर्शन गरेका थिए ।  सफलतापुर्वक ‘जादु शो’ सकिएपछि सबै १ सय ६२ जनाले ‘एकै जादु प्रदर्शनमा सर्बाधिक जादुगर’ शिर्षकमा बिश्व रेकर्ड कायम गरेका हुन् ।  त्यस जादु शोमा सहभागी सबैले विभिन्न जादु प्रदर्शन गरेका थिए  ।

यस अघि यो रेकर्ड इटालीको संस्थाको नाममा थियो जहाँ १ सय ५४ जनाले जादु प्रदर्शन गरेका थिए ।

मैनालीले जादुको क्षेत्रबाट बिश्व रेकर्डमा नाम लेखाउने पहिलो नेपालीमा बनेकोमा आफुले खुसि महशुस गरेको बताए । उनले भने ‘बिगत १० बर्षपछिको लगन र मेहनतपछि सफल भएको छु, गर्व महशुस गरेको छु’ ।  उनले नेपालमा जादुगरहरुको संगठन नभएकाले भारतीय संगठनमा गएर जादु देखाउनु परेको गुनासो गरे ।

काभ्रेमा जन्मिएका मैनालीले अब व्यस्त सडकमा आँखामा पट्टि बाधेर मोटरसाइकल कुदाएर आफ्नो क्षमता प्रदर्शन गर्ने सोच बनाएका छन् । उनले देशका जिम्मेवारहरु अझै आँखा बन्द गरेर बसेकाले उनीहरुको आँखा खुलाउन आफुले आँखामा पट्टि बाधेर चक्रपथ परिक्रमा गर्ने बताए  ।

उनले २ पटक नेपालीको शाही परिवारको लागि जादु प्रदर्शन गरी सकेका छन् ।  उनले ज्ञानेन्द्रको नातीको जन्म दिनमा जादु देखाएका थिए जसलाई पारस शाहले पनि हेरेका थिए । उनी लियो क्लब अफ काठमाडौँ कैलाशका सद्भावना दुत समेत हुन् । आफुले विभिन्न दुतावास, ५ तारे होटेल, बिद्यालय गरी एक हजार बढी स्थानमा आफ्नो जादुई क्षमताको प्रदर्शन गरीसकेको मैनाली बताउछन् ।

जादु सिकेर जादुमै रमाउन चाहनेलाई उनी भन्छन् ‘जादु पनि नाच, गान र संगीत जस्तै एक कला हो, यसलाई पनि माया गर्नु पर्छ’  । उनी नेपालमा पनि जादुगरहरु छन् भनेर बिश्वलाई चिनाउने अभियानमा सहयोग गर्न सबैसंग आग्रह गर्छन  ।

हेर्नुस उनले बिश्व रेकर्ड कायम गर्न भारतमा गरेको जादु । उनि सहभागी नम्बर २६ थिए । भिडियोमा उनको प्रदर्शन ४३ मिनेट २८ सेकेण्डपछि हेर्न सकिन्छ

प्रतिकृया दिनुहोस्

भृकुटिमण्डपमा हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी...

मदन गुरुङको देशभक्ति गीत ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन...

श्रावण ४ मा आउने भयो “भैरे”

काठमाडौँ – यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र “भैरे” को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको...

काभ्रेकी ५ वर्षीय प्राप्तीको सुन्नै पर्ने गीत (भिडियो)

काठमाडौँ – अशोक दर्जी केहि समय अघि मात्र भाइरल ब्वाय भनेर चिनिएका थिए । अशोक सामाजिक संजालमा भाइरल बने पछि प्रतिभा भएका साना साना नानि बाबुहरु अझै मिडियामा आउन थालेका छन् । काभ्रे जिल्ला मंगलटारमा जन्मिएकी पाँच बर्षकी सानी नानि प्राप्ति तामांङले...