Motivate News

भारतले दियो एक अर्ब भारु

ic-cu

पुस २२, काठमाडौं — रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले एक अर्ब भारु नेपाल पठाउने भएको छ । नेपालमा भारु अभावलाई हटाउन भारतले एक अर्ब भारु दिने भएको हो ।

भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि भारतले यस वर्ष नेपाललाई उपलब्ध गराउने भनेको भारु पनि उपलब्ध गराएको थिएन । ‘नेपाल राष्ट्र बैंकले यस वर्ष भारतबाट छ अर्ब भारु लिने सम्झौता गरेको थियो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘सो रकममध्ये अहिले एक अर्ब दिन लागेको हो । नेपालले दसैं अघि एक अर्ब २० करोड भारु ल्याएको थियो ।

भारतमा १ हजार र ५ सयको भारु कारोबारमा रोक लागेको छ । यो रकम माघको दोस्रो सातासम्म नेपाल आइपुग्नेछ । नेपालले भारतबाट अहिलेसम्म ठूला दर एक हजार र पाँच सयको नोट ल्याएको छैन ।

प्रतिकृया दिनुहोस्
Prachanda-Cabinet-1

सरकारले गर्यो सचिवहरुको सरुवा, हेर्नुहोस को कहाँ पुगे

फागुन ९, काठमाडौं – सरकारले पाँच सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो । रामानन्द प्रसाद यादव सिचाइ, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा...

Prachanda-Cabinet-1

१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा पनि दुतावास खुल्ने

फागुन ९, काठमाडौं – सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । सरकारले स्पेनमा पनि नेपाली दूतावास खोल्ने निर्णय गरेको छ । त्यसका लागि...

dig

अार्इजीपी नियुक्ति प्रकरण: अदालती शैलीमा सरकारको प्रश्न

फागुन ९,काठमाडौं- प्रहरी प्रमुख नियुक्ति प्रकरणमा सरकारलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अनिवार्य अवसर नै नदिई प्रधानन्यायाधीश सुशीला कार्कीले पेसी तय गरेकामा त्यसप्रति महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले इजलाससमक्ष गम्भीर आपत्ति जनाएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। आईजीपी नियुक्तिका लागि जयबहादुर चन्दको...

sher-ba-prachand

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम ‘चुनाव गर्न नसके सरकार छोड्नुस्’

फागुन ९,काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले बैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘अल्टिमेटम’ दिएका छन् । बैशाख मसान्तभित्र निर्वाचन गर्न नसके पूर्व समझदारी अनुसार नेतृत्व छाड्नुपर्ने भन्दै देउवाले सोमबारकै मन्त्रिपरिषद बैठकबाट निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन्...