Motivate News

अझै फरार ढुंगेल- सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन

पौष २२, काठमाडौं— सुरक्षा निकायले राजनीतिक मौका कुर्दा कुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ- ढुंगेल फरार नै छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

ओखलढुंगाका ब्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रसाशनले फरार भने पनि सर्वसाधारणले उनलाई सार्वजनिक ठाउँमै देख्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

काठमाडौं – मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने, -सुरुङ खन्नु अघि...

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काडमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको...

गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं – गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले  बिहिबार पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...