Motivate News

यो सरकारले कोराला नाका खोल्छ ः मन्त्री थकाली

पुस २२, काठमाडौं — वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल–चीन जोड्ने कोरला नाका खोल्न सही सही कूटनीतिमार्फत आफूले पहल गरिरहेको बताएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघको ५३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थकालीले यस्तो बताएका हुन् । उनले भाषणले नाका नखुल्ने दाबी गर्दै नाका खोल्न चीन र भारत दुवै छिमेकीलाई विश्वासमा लिनुपर्ने उल्लेख गरे ।

मन्त्री थकालीले भने, ‘सही कूटनीति प्रयोग गरौँ, नाका खुल्छ’ मुस्ताङका सांसद् समेत रहेका मन्त्री थकालीले सरकारले बजेट छुट्टाउँदैमा पनि नाका खुल्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘चीनको राष्ट्रिय सुरक्षामा कुनै प्रश्न उठ्न दिनुहुन्न, यता भारतलाई पनि नाका खोल्दा नेपालमा चीनको प्रभाव बढेको महसुस हुनु हुन्न ।’

उनले कोरला नाकासम्म पुग्ने सडकलाई पनि दुई ‘लेन’को बनाइएको उल्लेख गरे । आफूले वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि धेरै सुधारका प्रयास गरेको मन्त्री थकालीले बताए ।

प्रतिकृया दिनुहोस्

मोटिभेट न्यूजको सेवा सिंहदरबार देखि दुरदराजसम्म, यसरी उत्प्रेरित हुँदैछन दुर्गमका यूवा

काठमाडौँ – सकारात्मक पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको डिजिटल पत्रिका मोटिभेट न्यूज डटकमले आफ्नो सेवालाई अंझै वितार गर्ने भएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण गर्दै देशभर बृहत उत्प्रेरणातमक कार्यक्रम गर्दै आएको यस पत्रिकाले कालिकोटका दुई स्थानिय तहका यूवाहरुलाई...

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल

बुटवल, ८ असार – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।” महासचिव पौडेलले पर्यटन, ऊर्जा,...

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

काठमाडौँ, ८ असार – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३...

कांग्रेस जिल्ला सभापतिहरूको प्रश्न : ट्रम्प र किम मिल्न सक्ने हाम्रा नेता मिल्न नसक्ने ?

असार ८, काठमाडौं – हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए । भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र...