Motivate News

नक्कली डलर देखाएर १० लाख ठगी

पुस २२, काठमाडौं — सस्तोमा डलर पाउने लोभमा लमजुङ बेशीशहरकी मिनमाया तामाङ ठगिएकी छिन् । सिन्धुपाल्चोक कर्थलीका ३३ वर्षीय नारायणबहादुर भण्डारी र सरोज भण्डारीले १० लाखमा १९ हजार डलर दिने लोभ देखाएर ठगेका हुन उनलाई ठगेका हुन् ।

प्रहरीका अनुसार मनमायाकी पति र नारायणबीच मलेसियामा रोजगारीको बेला चिनजान भएको थियो । पतिको साथी भएको कारण मनमायासँग पनि नारायणले चिनजान बढाएका थिए। यही चिनजानका आधारमा मनमायाले लोभमा परेकी थिइन् । मलेसियामा रोजगारी गर्दै आएका नारायणको पासपोर्ट हराएपछि नेपाल फर्किएका थिए मनमायाले पनि एकैचोटी १० लाख रुपैयाँ फाइदा हुने देखेपछि लोभमा फसेको प्रहरीको भनाइ छ ।

अहिलेको सटही दर अनुसार १९ हजार अमेरिकी डलरको झण्डै २० लाख ५० हजार रुपैयाँ हुने भनेर उनले लोभ्याए । नारायणले मनमायाका पतिसँग कुरा मिलाएर मनमायालाई १० लाख रुपैयाँ लिएर जान लगाएका थिए । गत आइतबार दोब्बर पैसा पाउने मनमाया १० लाख रुपैयाँ बोकेर नारायण र उनका भाई सरोजलाई भेट्न ललितपुरको ग्वार्को पुगेकी थिइन् । उनीहरुबीच सामान्य कुराकानीपछि नारायणले रुमालमा पोको पारेको डलरका बिटा पल्टाएर देखाएपछि उनीहरुले पैसाको झोला साटासाट गरे । डलरको बिटाको छेउ छेउमा ५० का नोट र बीचमा एक–एक का नोट राखिएको देखेपछि उनी प्रहरीकोमा आइन् ।

मनमायाकै उजुरीको आधारमा प्रहरीले नारायणलाई पक्राउ गरिसकेको छ भने सरोज भने फरार छन् ।

प्रतिकृया दिनुहोस्

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा...

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

  कात्तिक ३०, गोरखा- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै...

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो...

विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् -एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए। ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर...