Motivate News

भूकम्पपीडितलाई सरकारले केही गर्न सकेन ः राणा

ranap

पुस २२, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले भूकम्पपीडितको पीडाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

राप्रपा सिन्धुपाल्चोक मेलम्चीनगर कमिटीले मेलम्ची बजारमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष राणाले पीडितका लागि तत्काल पुनर्वास गराउनुपर्ने बताए ।

अमेरिका र अस्ट्रेलियाको सहयोगमा र ग्रिनसिटी अस्पतालको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको थियो । पार्टी अध्यक्ष राणाले भूकम्पपछिको दोस्रो जाडो पनि पीडितले टहरामै बिताउन बाध्य हुन परेको बताए । । दुई दिनसम्म चल्ने उक्त शिविरमा ४७ विदेशी र १० नेपाली डाक्टरले उपचार सेवा दिँदै आएका छन् ।

शिविरमा स्त्री, बालरोग, आँखा तथा सामान्य रोगको उपचार गरिने आयोजकले जानकारी दिएको छ । शिविरमा उपचार हुन नसकेका आँखाका बिरामीलाई काठमाडौँमा लगेर उपचार गरिने राप्रपा मेलम्चीनगर कमिटीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्
Maheshwor-Neupane

एउटा कर्मचारीले चाह्यो भने कति गर्न सक्छ, हेर्नुहोस भिडियोमा, खाँचो छ केवल इच्छाशक्तिको !

काठमाडौं – हाल श्रम तथा रोजगार मन्त्रालयको सहसचिवका रुपमा रहेका महेश्वर न्यौपानेले सरकारी सेवामा आफ्नो दुई दशक विताईसकेका छन् । सोे अवधिमा विभिन्न भुमिकामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका न्यौपानेको जीवन साँच्चै एउटा कर्मचारीले चाह्यो भने यो देशलाई कति योगदान दिन सक्छ भन्ने...

Bidhut-Pradhikaran

मिटर विगार्ने विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ

माघ ९, काठमाडौं – विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ गरेको छ । चार जना व्यवसायी पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार उनीहरुले रकम लिएर मिटर विगार्ने...

Hatkadi

युवती परिचालन गरी व्यवसायीको अपहरण

फिरौतीका लागि बलात्कारको नाटक

माघ ९, काठमाडौं – युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ। गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। प्रहरीले...

Tikapur-kailali

अध्ययन समिति भन्छ- नेताहरूको अभिव्यक्तिले टीकापुर घटना

माघ ९, काठमाडौं – कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसदको राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले...