Motivate News

कुलमानले कहिले उठाउलान सरकारी कार्यालय विद्युत् महसुल ?

पुस २२, काठमाडौं – नेपाल विद्युत वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ ।

२०७२ चैतयता महसुल नतिरेको प्रहरी कार्यालयको लाइन भने विद्युत् प्रधिकरण सुर्खेत अहिलेसम्म काट्न सकेको छैन । प्रहरी कार्यालयले प्राधिकरणलाई बिजुलीबापत एक लाख ८३ हजार रुपैयाँ तिर्न बाँकी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रहरी कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिसँगै जिल्लाका अधिकांश सरकारी कार्यालयले बिजुलीको महसुल समयमा तिरेका छैनन् । प्राधिकरणका अनुसार सरकारी कार्यालयबाट लाखौं रुपैयाँ बिजुलीको पैसा उठाउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

मोटिभेट न्यूजको सेवा सिंहदरबार देखि दुरदराजसम्म, यसरी उत्प्रेरित हुँदैछन दुर्गमका यूवा

काठमाडौँ – सकारात्मक पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको डिजिटल पत्रिका मोटिभेट न्यूज डटकमले आफ्नो सेवालाई अंझै वितार गर्ने भएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण गर्दै देशभर बृहत उत्प्रेरणातमक कार्यक्रम गर्दै आएको यस पत्रिकाले कालिकोटका दुई स्थानिय तहका यूवाहरुलाई...

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल

बुटवल, ८ असार – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।” महासचिव पौडेलले पर्यटन, ऊर्जा,...

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

काठमाडौँ, ८ असार – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३...

कांग्रेस जिल्ला सभापतिहरूको प्रश्न : ट्रम्प र किम मिल्न सक्ने हाम्रा नेता मिल्न नसक्ने ?

असार ८, काठमाडौं – हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए । भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र...