Motivate News

भरपर्दो सहकारीले मनायो सातौं बार्षिक साधारण सभा

पौष २४ , काठमाडौं— भरपर्दो सहकारीको साधारण सभा सम्पन्न भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लि बनस्थली काठमाडौंको सातौ साधारण सभा शनिवार सम्पन्न भएको छ । बनस्थलीमा सम्पन्न भएको उक्त कार्यक्रममा डिभीजन सहकारी कार्यालय काठमाडौका निरीक्षक भोला भण्डारीको प्रमुुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा लक्ष्मण फुुँयाल,फटिकलाल शर्मा,डा.सरोज लामिछाने लगायत रहेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले आर्थिक बर्ष ०७२÷७३ को आर्थिक विवरण,आय–व्यय, नाफा नोक्सान लगायतको प्रतिवेदन पेश गरेका थिए । संस्थाले सन्तोषजनक कारोबार गर्दै सबै सदस्यमाझ भरपर्दो बन्न सफल भएको र आगामी दिनमा यसलाई बिस्तार गर्दै लैजाने तिमल्सिनाले बताए । कार्यक्रममा बोल्दै अतिथि लक्ष्मण फुुँयालले सहकारी र स्वास्थ्यलाई एक अर्काका परिपुुरकका रुपमा हेरिनुु पर्ने बताएका थिए । उनले सहकारीका माध्यमबाट स्वास्थ्य क्षेत्रमा पनि धेरै गर्न सकिने कुरा बताउँदै स्वास्थ्यको क्षेत्रमा आफूले भरपर्दोसँग सहकार्य गर्न चाहेको समेत बताए ।
मेडिप्लस हेल्थ केयर सेन्टर बनस्थलीका अध्यक्ष समेत रहेका फुुँयालले उनको संस्थाबाट भरपर्दो सहकारीका सदस्यलाई सहुुलियत कार्ड उपलव्ध गराउने समेत घोषणा गरे । गायक,रचनाकार एवम विभिन्न सामाजिक सस्थामा आवद्ध लक्ष्मी घिमीरेले उद्धघोषण गरको उक्त कार्यक्रमको प्रस्तुुती असाध्यै मिठो रहेको सहभागीले बताए । घिमीरेको स्टेजबाट ‘भुुन्टेको छोटो भोटे नि’ बोलको गीत गाउँदा उपस्थित सबै मन्त्रमुुग्ध भएका थिए । कार्यक्रममा बोल्दै प्रमुुख अतिथि भण्डारीले काठमाडौमा मात्र ४५०० सहकारी दर्ता भएको र यसमाझमा भरपर्दोले आफ्नो छुुट्टै पहिचान बनाउनु पर्ने बताए । साथै भरपर्दो सहकारीको साधारण सभामा अन्य सहकारीले जस्तो तडकभडक नगरी सामान्य र मौलिक तरिकाले गरेकोमा मुुक्त कन्ठले प्रशंसा समेत गरेका थिए । कार्यक्रममा संस्थामा राम्रो काम गरेवापत बजारप्रतिनीधिद्धय सावित्रा ढकाल र चन्द्रावती अधिकारीलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसादको ‘मनपरी’

  साउन ८, काठमाडौं – भाषासाहित्यको मानकका रूपमा रहेको १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वार्थ साधानाको थलो बनेको छ। राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सुरू भएको हो। यो खबर विष्णुप्रसाद अर्याल र बसन्त...

मृतकले समेत लिए १० लाख राहत !

  साउन ८ ,स्याङ्जा – १० वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन्। यो खबर गोरखापत्रमा छापिएको छ। आफ्नो छोरा राजेन्द्र भट्टराईको द्वन्द्वको क्रममा माओवादीले हत्या गरेको कागत बनाई...

साना विकास आयोजना नवीकरण गर्न भारतको चर्को दबाब

  साउन ८, काठमाडौं – भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा दबाब दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि भारतीय पक्षबाट उक्त कार्यक्रम नवीकरणका लागि दबाब आएको हो। साना विकास परियोजना कार्यक्रमको म्याद ५ अगस्टमा सकिँदै...

सडकमा लापरवाही, एकै चालक ५० पटकसम्म कारबाहीमा

  साउन ६ , काठमाडौं – हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे। कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा उनी कारबाहीमा परे। चालक फेरिए पनि बस चलाउने...