काठमाडौं – चिनको एक ठाँउमा मानिसहरु प्लाष्टिकको झोलामा राखी वियर पिउँछन् भन्दा अच्चम लाग्न सक्छ । चिनको कुइनाङ सहरका वासिन्दा र त्यहाँ आउने पर्यटकहरुपनि प्लाष्टिकमा वियर राखि मजाले पिउने गर्दछन् ।
उक्त सहरमा पहिलो पटक जर्मनहरुले वियर भित्राएको बुझिएको छ । जति बेला वियर भित्रीयो, त्यतिवेला देखी नै त्यहाँका बासिन्दाले प्लाष्टिकको झोलामा वियर बोकेर लिइ भाँडोमा खारेर खाने चलन चलेको रहेछ, पछि प्लाष्टिकबाटै पिउन थालेको अनुमान गरिएको छ । त्यसपछि प्लाष्टिकबाट वियर खाने चलनको सुरुवात भएको हो ।
पछिल्लो पटक पर्याटकहरुले पनि रमाइलो मान्दै त्यहाँको चलनलाई अङगीकार गर्दै आएको छन् । पर्यटकहरु कुइनान सहर भन्ने विक्तीकै प्लाष्टिकको वियर भनेर सम्झीन्छन् ।