Motivate News

मैले घडी चोरेको होइन, म माथि ठुलो षड्यन्त्र भयो : सांसद खतिवडा

पुस २४, काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूले घडी नचोरेको स्पष्ट पारेका छन् । ओखलढुंगा – २ बाट निर्वाचित सांसद खतिवडाले आइतबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै घडी नचोरेको र आफूसँग भएको थाहा पाएपछि क्लवमा नै बुझाइदिएको बताएका छन् ।

‘मेरो लुगामा घडी भएको थाहा पाएपछि अरु साथीहरुलाई फोन गरेर कसको हो भने’ खतिवडाले भने ‘घडी चोर्नुपर्ने अवस्था मेरो छैन, ममाथि षडयन्त्र भएको छ ।’ बिहान क्लवमा खेल्न जाँदा साथीको घडी आफ्नो गोजीमा भएको घटनाप्रति आफूलाई पनि अचम्म लागेको उनले बताए ।

‘म पनि छक्क परें, कसरी यस्तो भयो, त्यसपछि जिल्ला गएँ आएपछि कसैले नभनिकन आफैं क्लबको काउन्टरमा बुझाइदिएको हुँ’ खतिवडाले भने ‘यो घटना ख्यालठट्टाको विषय होइन म पनि सत्यतथ्य खोज्नुपर्छ भन्ने पक्षमा छु ।’

पत्रकार सम्मेलनमा खतिवडासँगै क्लबमा जाने अन्य दुइजना पनि सहभागी थिए । उनीहरुले पनि खतिवडाले त्यस्तो काम नगरेको र कसैले षड्यन्त्र गरेकै स्पष्ट पारेका थिए । घडी महंगो भएको भनेपछि खतिवडाले कति मूल्य पर्छ त्यो समेत थाहा नभएको पत्रकारलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

काठमाडौं महानगरको ताजा मतपरिणाम,एमालेका मेयरको अग्रता कायमै

जेठ १०, काठमाडौं – काठमाडौं महानगरपालिकाको बुधबार विहानसम्मको ताजा मतगणना अनुसार नेकपा एमालेका मेयर उम्मेदवार विद्या सुन्दर शाक्यले अग्रता कायम गरिरहनु भएको छ । नेपाली कांग्रेसका राजु राज जोशीले उहाँलाई पछ्याइरहनु भएको छ । मततान्तर भने निकै फरक रहेको छ । यस्तो...

तीन दल बैठकमा देउवा–ओली भनाभन

जेठ १०, काठमाडौं – प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान २२ वटा स्थानीय तह थप गर्ने सरकारको निर्णय र बजेटको विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका थिए । प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहँदा बैठकमा पुगेका एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत स्थानीय...

‘टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय भएको छैन’

जेठ १०, काठमाडौं – गृह मन्त्रालयले टीकापुर घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने किसिमको कुनै निर्णय नभएको स्पष्ट पारेको छ । मधेस तथा थरुहट आन्दोलनका नाममा २०७२ साल भदौमा सातजना सुरक्षाकर्मीसहित एक बालकको बीभत्स हत्या गरिएको थियो । यो खबर देवबहादुर कुँवरले आजको...

ललितपुर महानगर मेयरमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

जेठ १०, काठमाडौं – ललितपुर महानगरपालिकामा अत्यन्तै झिनो मतअन्तरका साथ अग्रता लिइरहेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्। मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएको ललितपुरका कांग्रेस सांसद चन्द्र महर्जनले जानकारी...