Motivate News

राष्ट्रिय जनता पाटीद्वारा जिम्मेवारी बाडफाँड

motivate-news

काठमाडौँ – राष्ट्रिय जनता पार्टीले विभिन्न विभागको गठन गरी जिम्मेवारी तोकेको छ । पुस २३ गते राजधानीमा आयोजित सो पार्टीका केन्द्रीय अध्यक्ष नेत्रबहादुर लिम्बूले विभागीय प्रमुखहरुलाई प्रमाणपत्र प्रदान गरे ।

विभागीय प्रमुखको हैसियतमा संयोजकको जिम्मेवारी पाउनेहरुमा पार्टीका केन्द्रीय सहअध्यक्ष जयबहादुर खत्री केन्द्रीय संगठन विभाग प्रमुख छन् । यसैगरी जिल्ला संगठन विभागमा केन्द्रीय उपाध्यक्ष निरज बिसी (बस्नेत), प्रशिक्षण तथा बुद्धिजीवी विभागमा भक्तबहादुर चौधरी छन् ।

साथै, ट्रेड युनियन विभागमा केन्द्रीय उपाध्यक्ष कुलबहादुर बस्नेत, कृषि विभागमा केन्द्रीय उपाधयक्ष इच्छाराज दाहाल छन् । रामचन्द्र थापाले कला संस्कृति विभाग, जनक नेपालले धार्मिक विभाग, परा कठायतले महिला विभाग, राजु अधिकारीले विद्यार्थी विभाग र आकाश लामाले युवा विभागमा संयोजकको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय अध्यक्ष लिम्बूको सभापतित्वमा सम्पन्न समारोहमा विभागीय प्रमुखहरुले आ–आफ्नो प्रतिबद्धता जनाए । वक्ताहरुले तीन ठूला दलका नेताहरु भ्रष्ट र नालायक भएको कटाक्ष गर्दा सहभागीले जोडका साथ ताली बजाएका थिए ।

प्रतिकृया दिनुहोस्
sarbochcha

तेस्रोलिंगीलाई नागरिकता दिन सर्वोच्चको आदेश

माघ ११, काठमाडौं  तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ। न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई आदेश दिएको हो। यो...

melamchi khane pani

साढे पन्ध्र सय मिटरले मेलम्चीलाई तनाव

सुरूङमा खराब चट्टान भेटियो

माघ ११, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरूङमा खराब चट्टान भेटिएपछि सुरूङ खन्ने काममा समस्या आएको छ। सुरूङ खन्ने काममा समस्या आएपछि तोकिएकै समयमा आयोजना नबन्ने होकि भन्ने आशंका समेत बढेको छ। पुस १३ गते सुन्दरीजलदेखि सिन्धुसम्मको साढे ९ किलोमिटर सुरूङमा ब्रेक...

Arun-Third

अरुण तेस्रो जलविद्युत् आयोजनामा वन मन्त्रालयले किन गर्योे अवरोध

माघ ११, काठमाडौं – अरुण तेस्रो जलविद्युत् आयोजनाले वन क्षेत्र लिजमा लिन सर्भे गरी वन मन्त्रालयमा पठाएको फाइल आठ महिनादेखि थन्किएको छ । आयोजनाले सडक निर्माणको काम ठेक्काबाट सुरु गरे पनि वन क्षेत्रको टुंगो नलाग्दा काम रोकिएको हो। फिल्डमा सर्भे सम्पन्न गरी...

Samsad

सांसदहरूले मागे प्रधानमन्त्रीसँग स्पष्टीकरण

माघ ११, काठमाडौं – लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र निर्वाचन हुन नसकेको अवस्थामा संघीय गणतान्त्रिक लोकतन्त्र धरापमा पर्छ भन्दै दिएको अभिव्यक्तिबारे...