Motivate News

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

पौष २५ , काठमाडौं— सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए भनेर नै नियुक्ति गरिएको तर यतिका समयपछि आएर अयोग्य घोषित भएको बताए ।
सर्वोच्चले अयोग्य ठहर्‍याएसँगै उनलाई नियुक्त गर्ने नेताहरुमाथि प्रश्न उठाउँदा सचिव र मुख्यसचिव बनाउनेप्रति प्रश्न उठाउनुपर्ने बताए ।
एमालेको प्रमुख सचेतक भानुभक्त ढकालले उनको नियुक्ति बेठिक भन्दाभन्दै पनि गर्नुपर्ने बाध्यता आइपरेको प्रतिक्रिया दिए । उनको नियुक्ति बेठिक भएको भनि पार्टीहरुभित्र प्रश्न उठेको उनले बताए ।
उनी अयोग्य भएर नै संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको दाबी उनले गरे ।
माओवादी केन्द्रका प्रमुख सचेत टेकबहादुर बस्नेतले भने यो विषय संसदमा पनि विचाराधीन रहेको बताए । कार्कीको नियुक्तिमा पहिलादेखि नै प्रश्न उठेकाले महाभियोग प्रस्ताव संसदमा पुगेको भन्दै उनले यस विषयमा थप छलफलपछि मात्र प्रतिक्रिया दिन सकिने जनाए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने यस्ता सबै नियुक्तिमा निर्णय गर्ने नेताहरुको नैतिकतामा प्रश्न उठेको बताए ।

प्रतिकृया दिनुहोस्

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेर न्यौपानेलाई आयोगमा ल्याएको हो । निर्वाचन आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा...

आचार संहिताको ठाडो उल्लंघन-८ अर्ब ७१ करोड बाँडिँदै

  असार ८ ,काठमाडौं – चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो। शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार ७३...

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

असार ८ ,काठमाडौं – बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ। बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु...

देउवाले बनाउनै सकेनन् सहयोगी टिम

  असार ८ ,काठमाडौं – प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । यसअघि तीन पटक...