काठमाडौं – झन्डै डेढ दशक देखी निरन्तर नेपाली सांगीतिक क्षेत्रमा संगीत कर्म गरिरहेकी गायिका एन्जिला गौचनले आफ्नो दोस्रो सांगीतिक एल्बम “थासाङ् ल्हुम्बु” (थाक खोलाको देश) सार्वजनिक गरेकी छिन्।
थकालीहरुको महान पर्व ल्हाफेबको अवशरमा शुक्रबार मुस्ताङको थाकखोलामा पुर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीको हातबाट बिमोचन गरिएको हो । थकाली जातीको १२ बर्षमा लाग्ने महान पर्व (मेला)मा देशकै विशिष्ट व्यक्तित्वहरु बाट आफ्नो एल्बम सार्वजनिक गर्न पाउँदा निकै नै खुशी लागेको बताइन । देश विदेश बाट मेलाको अवशरमा संसारभर छरिएर रहेको थकालीहरु भेला भएको मौकामा थकाली भाषाकै एल्बम सार्वजनिक गरेकी एन्जिलाको यो थकाली संस्कृति र भाषाको पहिलो हो भने नेपाली सहित दोस्रो एल्बम हो । उनले एक दशक अघि अ-स्टोरी नामक एल्बम सार्वजनिक गरेकी थिइन् जसमा गायक अविनाश घिसिङसंगको थाहा पाए तिम्रो बनि बोलको गीत चर्चित बनेको थियो| उनि नेपाली भाषाको पनि दोस्रो एल्बम छिट्टै ल्याउने सोचमा छिन् ।
चार वटा थकाली गीत समावेश यस एल्बममा मनोज शेरचन, कुल बहादुर गौचन, राजु गौचन तथा स्वर्गीय निला तुलाचनको शब्द संगीत रहेको छ । यस थकाली एल्बममा उनले गायक तथा संगीतकार राजु गौचन संग गएको एक गीतको म्युजिक भिडियो समेत तैयार भएको छ | ङ्ह्याय कान्छारी बोलको उक्त गीतलाई मुनाल फिल्म्स पोखराका भोज गुरुङले भिडियोमा उतार्ने काम गरेका छन् ।
हेर्नुस् भिडियो