Motivate News

हिन्दु अधिराज्यका लागि अहिंसात्मक धर्म युद्धको घोषणा

काठमाडौं – नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओम विश्वकर्माले संविधान जारी भए पनि अन्तरबस्तु केलाउँदा केही पनि नभएको बताएका छन् । उनले आफूलाई प्रमुख हौं भन्ने तीन दलले नै समस्या निम्त्याएको दावी गरे ।

‘केबल एक थान संविधान मात्र थपिएको छ तर जनताले केही पाउने अवस्था छैन’ उनले भने ‘अहिले जातीय, धार्मिक, सांस्कृतिक र सामाजिक द्धन्द्ध चर्काउने काम भएको छ यो निकै खतरनाक छ ।’ मातृभूमिसहित, राष्ट्रिय शिव सेना पार्टी र नेपाल शिव सेनाले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजतन्त्र हुँदा देश बेच्नबाट जोगिएको दाबी गरे । भारतमा गरिएको १२ बूँदे सहमतिपछि देश संंंंकटमा पर्दै आएको भन्दै उनले कसैले देशमाथि धावा बोले बचाउनका लागि अर्को संघर्ष गर्नेसमेत चेतावनी दिए ।

वैदिक सनातन हिन्दु अधिराज्य संवैधानिक राजसंस्थाका साथै अखण्ड नेपालको पुनस्र्थापनाका लागि अहिंसात्मक धर्म युद्धको घोषणा कार्यक्रममा विश्वकर्माले देश जोगाउने जिम्मा राजनीतिक पार्टीहरुको मात्र नभएकाले सर्वसाधारणलाई समेत आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।

उनीहरुले हिन्दुराष्ट्र स्थापना गर्दै राष्ट्रलाई बलियो बनाउने कुरामा तीन दलबीच कार्यगत एकता भइसकेको पनि बताएका छन् । ‘देशको अवस्था अत्यन्तै चिन्ताजनक छ त्यसैले पनि हामीहरु मिल्नुको विकल्प छैन ’ नेपाल शिव सेनाका संयोजक सुरेन्द्र केसीले भने ‘ संविधानसभाबाट संविधान बनेपनि जनताले चित्त बुझाउन सकेका छैनन्, यसको अर्थ के हो भने जनतामुखी संविधान बनेन र नेताले आफूखुशी गरे ।’ कार्यक्रममा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष बिक्रमबहादुर बमलगायतले पनि बोलेका थिए । उनीहरुले धार्मिक युद्ध शान्तिपूर्ण हुने र जनतामाझ आफ्ना पनि प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस्

संविधानको २ वर्ष, सर्बस्विकार्यमै प्रश्न

काठमाडौँ – ठिक दुई वर्षअघि आजकै दिन (२०७२ असोज ३ गते) जारी भएको नेपालको संविधान अझै सर्वस्वकार्य बन्न सकेको छैन । दुई वर्षे यो अवधिमा एउटा निर्वाचन तिन चरणमा सम्पन्न हुनु बाहेक गर्व गर्नलायक उपलब्धि देखिदैन । राष्ट्रपति, उपराष्ट्रपति, तिन प्रधानमन्त्री र...

दुई नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो

असोज ३, काठमाडौँ – दुई नम्बर प्रदेशको पहिलो वडा अध्यक्षमा माओवादी केन्द्रले खाता खोलेको छ। सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो। केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए ।...

प्रारम्भिक मतपरिणाम आउन सुरु, यी हुन् मतगणना भैरहेको ठाउँहरु

असोज ३, काठमाडौँ – स्थानीय तहको तेश्रो चरणको निर्वाचन भएको एक महानगर र तीन उपमहानगरापलिकामा अझै मतगणना सुरु हुन सकेको छैन। वीरगञ्ज महानगर सहित जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिमा मतगणना सुरु हुन नसकेको हो। बिहानबाटै मात्र मतगणना सुरु गर्ने ती जिल्लाका मुख्य...

बाढीका कारण लालबन्दीमा मतगणना सुरु हुन सकेन

  असोज ३, काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकाको मतगणना ढिलाई हुने भएको छ। बाढीका कारण मतपेटिका संकलन नै ढिलाई भएपछि गणना पनि ढिलाई हुने भएको हो। निर्वाचन अधिकृत बाबुराम अधिकारीले सात/आठ ठाउँमा खोला तारेर मतपेटिका ल्याउनुपर्ने तर कर्मचारी खोला तर्न नसकेको बताए।...