Motivate News

अर्थमन्त्री महरा नै सुन तस्कर !

पुस २६, काठमाडौं – त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन ।

अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो ।

अवैध सुन ल्याउने को को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाइ सुन तस्करबारे थाहा छ । तर सुनतस्करीको जालो अर्थमन्त्रीसँग जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविका मालिक गुमनाम छन् ।

मुख्यत भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आइरहेको कुरामा दुईमत छैन । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउकनकै लागि अर्थमन्त्री महराले माओवादी समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा दुई महिनाअघि सरुवा गरेका हुन् ।

महराका छोरा निर्मल महरा ’एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाइ एयरपोर्ट पठाइएको हो । गोपाल शाहीले ३ सय किलो सुन भित्राएको बयान दिए पनि अर्थमन्त्री महरा आएपछि त्यो भन्दा ठूलो परिमाणमा सुन आएको स्रोतकाे दाबी छ ।

सीआइबीले भन्सारबाट पार भइसकेपछि सुन बरामद गरेको घटनाले पनि यसमा अर्थमन्त्री महरा तानिएका हुन । माथिल्लो सेटिङबिना एक जना भन्सार प्रमुखले मात्रै यति ठूलो परिमाणको सुन तस्करी गर्ने आँट गर्दैनन् । यस घटनापछि अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सारका २९ कर्मचारीलाइ जिम्मेवारीबाट अलग गरिएको छ । तर सीआइबीका अधिकारी भन्छन् अवैध सुन आयातमा मुख्य दोषी भन्सारका कर्मचारीलाइ भ्रष्टाचार र संगठीत अपराधमै कारवाही गर्नुपर्छ अनिमात्र यस्ता क्रियाकलाप नियन्त्रण हुनसक्छ । संगठीत अपराध पुष्टि भएका १५ वर्षसम्म कैद हुनसक्छ ।

एयरपोर्ट भन्सारमा लामो समयदेखि रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यदव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दे आएको खुलेको छ ।

दृष्टि साप्ताहिक

प्रतिकृया दिनुहोस्

पोखरा महानगरमा एमालेको जित निश्चित

जेठ १२,पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीको बिजय निश्चित भएको छ। वडा नम्बर ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भए पछि जित निश्चितत भएको हो । उनले वडा नम्बर ३१ सम्ममा ५५...

प्राधिकरणलाई नाफामा लैजाने कुलमानको योजनामा अर्थको तगारो

जेठ १२, काठमाडौं – निरन्तर घाटामा रहेको नेपाल विद्युत्त प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने भएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको हो ।...

२२ तह छाडेर जेठ ३१ मा निर्वाचन हुने, बाँकी निर्वाचन तेस्रो चरणमा

जेठ १२, काठमाडौं – सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको...

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सरकारलाई बुझायो १९ बुँदे मागपत्र

जेठ ११, काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ) ले कर्मचारीहरुको तलब बद्धि गर्नुपर्ने माग गरेको छ । अहिलेको तलबले परिवारको जीवनयापन गर्न कठिन भएको भन्दै उसले कर्मचारीको मनोबललाई उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम...