Motivate News

तास खेलेर बस्छन्, विद्युत प्राधिकरणका कर्मचारीहरू

पुस २६, झापा – गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार साहलाई फोन गरे । सेवाग्राहीको सबै कुरा सुनिनसक्दै साहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए ।

शाहको कुरा सुनिसकेपछि सेवाग्राही कार्यालयमै पुगे । जहाँ कर्मचारीहरू कार्यालयका तास खेलिरहेका देखे । त्यसपछि उनले स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरे ।  सञ्चारकर्मीहरुले प्राधिकरण शाखा कार्यालय पुगेर कर्मचारीहरुले कार्यालयभित्रै तास खेलिरहेको तस्वीर खिच्दा पनि खेल रोकिएन । कार्यालय प्रमुख साहले तास खेल्ने कर्मचारीलाई कारबाही गर्ने औसत प्रतिक्रिया दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि तास खेलेको प्रमाण पाइएमा कारबाही गर्ने बताएका छन् ।

सर्वाजनिक स्थलमा जुवा तास खेल्नेलाई अवस्थाको गम्भीरत हेरेर सार्वजनिक अपराध ऐनअन्तरगत २० हजारदेखि ४८ हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा!

असोज १०, काठमाडौं- बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अअस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका...

टिकट पक्का भएपछि कोमल वली एमालेमा

असोज १०, काठमाडौं – लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन्। उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन्। यो खबर हामीले...

प्रदेश ३ मुख्यमन्त्रीका दावेदार गगनको सक्रियता

असोज १०, काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४...

मन्त्रीद्वय जितेन्द्र देव र गोपाल दहित फिर्ता हुँदै

असोज १०, काठमाडौं – लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ। कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी...