Motivate News

कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ ?

nakkali note (1)

पुस २७,काठमाडौ— नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका उच्चपदस्थ अधिकारी र राजनीतिक प्रभाव रहेका व्यक्तिको आर्थिक गतिविधि नियामक निकायको निगरानीभन्दा बाहिरै रहँदा यस्तो जोखिम बढेको हो ।
सम्पत्ति शुद्धिकरणको विश्वव्यापी नियमअनुसार राजनीतिक प्रभाव भएका उच्च पदस्थ अधिकारीको आर्थिक कारोबार बित्तीय सूचना एकाइको जानकारीमा रहनुपर्नेमा नेपालमा सर्वसाधारणकै शंकास्पद आर्थिक कारोबार समेत एकाइको सूचना पहुँचमा छैन ।
अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपालले सम्पत्ति शुद्धिकरणको अन्तर्राष्ट्रिय सञ्जाल सदस्य भइरहन तीन वर्षभित्र राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रालय, सरकारी निकाय, चारै सुरक्षा निकायमा रहेका विशिष्ट श्रेणीका अधिकारीको आर्थिक कारोबारको सूचना नियामक निकायसम्म पुग्नुपर्छ।
देशमा अपराधजन्य क्रियाकलापबाट आर्जित कालोधन शुद्धिकरणका लागि घरजग्गा, सवारीसाधन, सुनचाँदी र सहकारी सजिलो र सुरक्षित स्थान भएको तथ्य बाहिर आएको छ ।
सरकारले बर्सेनि ९० अर्ब रुपैयाँभन्दा बढी कालोधन जम्मा हुने अनुमान गरेको छ । भ्रष्टाचार, करछली, मानव बेचबिखन र हुण्डीबाट सबैभन्दा बढी कालोधन आर्जन हुने अनुमान सरकारको अध्ययनले देखाएको हो।

प्रतिकृया दिनुहोस्
dpr

द्रुतमार्ग निर्माणः भारतीय कम्पनीकै डीपीआर उपयुक्त

फागुन १०,काठमाडौं – सरकार आफैंले निर्माण गर्ने निर्णय गरेको काठमाडौं‍-तराई द्रुतमार्ग (फास्ट ट्र्याक)का निम्ति भारतीय कम्पनीकै विस्तृत परियोजना अध्यययन प्रतिवदन (डीपीआर) उपयुक्त हुने देखिएको छ । दू्रतमार्ग अध्ययन समितिले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आईएल एन्ड एफएस) ले २०७१ फागुनमा...

china_nepal_flag

वान बेल्ट वान रोड: नेपालले पठायो चीनलाई जवाफ

फागुन ९,काठमाडौं- सरकारले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा चीनलाई जवाफ पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौस्थित चिनियाँ दूतावासमार्फत् ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणाबारे नेपाल सरकारको धारणासहित चीन सरकारलाई हालै जवाफ पठाइएको...

06122015083701China-1000x0

चिनियाँ लगानीकर्ता भन्छन्ः नेपालमा लगानी गर्न प्रतिबद्ध छौँ

फागुन ७,काठमाडौं -चिनियाँ लगानीकर्ताले नेपालमा करिब तीन अर्बको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बेइजिङ्स्थित नेपाली दूतावासले शुक्रबार बेइजिङ्मा आयोजना गरेको ‘नेपालमा लगानीका सम्भावनाहरु’ बिषयक सेमिनारमा चिनियाँ लगानीकर्ताले नेपालमा १८.५ बिलियन युआन (लगभग तीन अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने वाचा गरेका हुन्। सेमिनारमा...

nepal_airlines_759

नेपाल एयरलाइन्सका यात्रु ५१ प्रतिशत बढे, विदेशी एयरलाइन्स पछि परे

फागुन ६,काठमाडौं – नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा यात्रुको संख्या ५१ प्रतिशतले बढेको छ। सन् २०१५ को तुलनामा राष्ट्रिय ध्वजाबाहकले १ लाख ३० हजार बढी यात्रु बोक्न सफल भएको छ। काठमाडौंलाई उद्गम गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्स...