Motivate News

लोकसेवा आयोगले माग्यो, ११ सय १२ नायब सुब्बा

पुस २७, काठमाडौं – लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ ।

लोकसेवाले २१ दिनको म्याद दिएर ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । आयोगकी सूचना अधिकारी गीताकुमारी होमगार्इंले निजामती सेवामा नयाँ जनशक्ति प्रवेश गराउने उद्देश्यका साथ दरखास्त आह्वान गरिएको जानकारी दिइन् । ‘आयोगको नियमित क्यालेन्डरअनुसार नै दरखास्त आह्वान गरिएको हो,’ उनले भनिन्, ‘बेरोजगार युवायुवतीका लागि सरकारी सेवामा प्रवेश गर्ने यो सुनौलो अवसर हो ।’

प्रशासन सेवामा सबैभन्दा बढी माग

आयोगले सबैभन्दा बढी प्रशासन सेवामा माग गरेको छ । प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि पाँच सय ९२, लेखा समूहका लागि दुई सय २२ र राजस्व समूहका लागि ७७ जना माग गरिएको छ ।

यसैगरी, न्याय सेवातर्फ न्याय समूहका लागि एक सय ६०, सरकारी वकिल समूहमा १६ र कानुन समूहमा ६ जनाको माग भएको छ । यसैगरी, लेखा परीक्षण सेवाका लागि चारजना, परराष्ट्र सेवाका लागि पाँचजना र व्यवस्थापिका–संसद्का लागि खुलातर्फ १६ जना मागिएको छ भने आन्तरिक प्रतिस्पर्धाका लागि २४ जना मागिएको छ । यो माग भने व्यवस्थापिका–संसद् आफैँले पदपूर्ति गर्नेछ ।

पहिलो चरणको परीक्षा फागुनमा

आयोगले देशका विभिन्न नौवटा अञ्चल कार्यालय र पाँचवटा क्षेत्रीय निर्देशनालयमार्फत नायब सुब्बाको परीक्षा सञ्चालन गर्नेछ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा र दोस्रो चरणको वैशाखमा हुनेछ भने लिखित परीक्षाको नतिजा साउन–भदौमा तथा सिफारिस असोज महिनासम्म गरिने आयोगले जनाएको छ  । नायव सुब्बा परीक्षामा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता आइए उत्तीर्ण वा सोसरह हुनुपर्छ । १८ वर्ष पुगेका जोसुकैले दरखास्त दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

द नेक्स्ट एजुकेशन अव पोखरामा पनि

काठमाडौं, २३ भदौ । शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेशन कन्सलटेन्सी’ले पोखरामा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ । कम्पनीका कार्यकारी प्रमुख शालिकराम भण्डारीले आम सर्वसाधारणको...

मैत्रीपूर्ण खेलमा पत्रकार हावी, पत्रकारद्वारा नेता ३/२ ले पराजित

काठमाडौं ,भाद्र ३१ । प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ। कार्यक्रममा उद्घाटन खेल मैत्रीपूर्ण रहेको थियो भने आज बाटै प्रतियोगिता सुरु भैसकेको...

नेसनल प्याब्सन काठमाडौले ग़र्यो उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

काठमाडौं – राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसियसन नेपाल  नेसनल प्याब्सन  जिल्ला कार्य समिति काठमाडौं ले एसइइ सम्मान तता शुभकामान आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्क काठमाडौंमा  सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा राज्य मन्त्रि...

मन्त्री बन्दै नेपाली जनता दलका अध्यक्ष शाह, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको दावि

काठमाडौं – नेपाली जनताका दलका अध्यक्ष तथा सांसद हरिचरण शाह शेरबहादुर देउवाको मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् । आइतवार विस्तार हुने मन्त्री मण्डलमा उनले पनि सपथ खाने प्रधानमन्त्री निकट श्रोतले बताएको छ । उनलाई कुन मन्त्रालय दिने भनेर टुङगो लागिसकेको छैन् तर...