Motivate News

अपराध अनुसन्धान तथा नियन्त्रण संयन्त्रलाई चुस्त पारिने

पुस २७, बाके – अञ्चल प्रहरी कार्यालय भेरीले अपराध अनुसन्धान तेस्रो कार्य समिक्षा भेला–बुधवार आयोजना गरेको छ । कार्यक्रका प्रमुख अतिथि मध्य क्षेत्रिय प्रही कार्यालाय सुर्खेतका प्रहरी नायव माहनिक्षक माधव प्रशाद नेपालले बोल्दै प्रजातान्त्रिक समाजमा कानुनको शासन अपरिहार्य रहेको र नेपाल प्रहरीको कानुनी कार्यान्वयनमा अग्रणि भुमीकामा रहेको कुरामा जोड दिन हुँदै अपराध अनुसन्धान र अभीयोजन कार्य मुख्य र चुनौतीपुर्ण कार्य रहेकोले यस क्षेत्रको सुदृढिकरणको लागी अपराध अनुसन्धान कार्य – योजना २०७२-७३ को तर्जुमा भै अनुसन्धानमा बिशिष्टिकरण प्रणाली नेपाल प्रहरीले लागु गरिसकेको कुरा जानकारी गराउनु भएको थियो ।

dhiru-03_o

त्यस्तै”बस्तु निष्ठ अनुसन्धान, मानब अधिकारको सम्मान” सिदान्त लाई अंगीकार गर्दै दण्डहीनताको अबस्थालाई न्युनिकरणको लागी अंचल प्रहरी कार्यालय भेरीलाई शशक्तिकरण गरिएकोमा ज्यादै उत्साहित र खुशी व्यक्त गर्नु भयो । साथमा भेरी अंचल प्रमुख एस.एस.पी. धिरु बस्न्यातले तद्अनुरुप मातहतका मुद्दा चल्ने १३ निकायहरुको सुदृढिकरणको लागी निरन्तरुपमा सुपरिबेक्षण, अनुगमन र मानब श्रोत, प्रबिधि ब्यबस्थापनमा भेरी अंचल प्रहरी कार्यालय सदैब तल्लीन रहदै आएको बताए। अपराध अनुसन्धान क्षेत्रमा ७ जनाको समुह देखि १३,जना १८साथै२४ र २६ जना सम्मको अनुसन्धान समुह स्थानिय स्तरमा क्रियाशिल भइरहेको जानकारी दिएकाछन ।

दिनमा मुद्दा ४.५ ; बर्षमा १६७२; प्रति ब्यक्ति ९(१७३ अनुसन्धानकर्मि), प्रति ईकाई बर्षमा सरदर १२८ र मुद्दा चल्ने ईकाईको आधारमा बढि ३२८ देखि घटिमा ५० मुद्दा पर्ने गरेको मुद्दा फर्च्यौट संख्या ९९४ र बाँकी ६७८ रहेको, जम्मा प्रतिबादि संख्या १४३१ मध्ये पक्राउ १२१९ र फरार २१२ फैशला कार्यान्वयनको शिलशिलामा पक्राउ परेका फरार प्रतिबादि संख्या १६६ जना पक्राउ गरेको तथ्याडले रहेको र अं.प्र.का. भेरीको कार्य योजना २०७२ को बुदा नं. ८ अनुरुप फैसला कार्यान्वयन तथा सफल / असफल मुद्दा अन्वेषण, कार्य समिक्षा गोष्ठीअ २ पटक, मिसिलहरुको अध्ययन कार्य योजनाको बुदा नं ९ अनुरुप अबैध दाल तस्करी संजाल भत्काईएको, राजश्वण संकलनमा उल्लेखनिय (३१२%) अभिबृद्धी, ZAP बुदा नं ४ अनुरुप एकिकृत सुरक्षा चेक प्वाईन्ट, बिमानस्थल सुरक्षा सुदृढिकरण (भारतिय दुताबासबाट समेत नेपालगंज बिमानसथलमा भएको सुरक्षा कडाईका बारेमा बुझ्न आएका) ,हात हतियार खर्खजान बरामद, लागु औषध बिगतको तुलना उलेख्य मात्रमा बरामद तथा पक्राउ भएको बस्न्यातलेबताए, अपराधिक सुचना बैक स्थापना, हराईरहेका मानिसहरुको खोजतलास सम्बन्धमा अन्वेषण गरिने, सामाजिक संजालद्वारा पनि अपराध सम्बन्धी सूचना संकलन तथा अपराध नियन्त्रणको प्रयास गरि जुवा रेड अप्रेसनमा ऐतिहासिक सफलता, कार्य योजना को बुदा नं १५ अनुरुप बिद्यार्थीसंग प्रहरी कार्यक्रम, प्रहरी मेरो साथी एबम नागरिक सुनुवाई कार्यक्रमको माध्यमबाट पनि अपराध रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको बुदा नं ११ अनुरुप CCTV जडान, का साथै बुदा नं १ अनुरुप डकुमेण्ट प्रोडक्सन सेन्टर( Document and Production Center )को स्थापना एबम लेस पेपर (Less paper) अबधारणा लागु, गर्नुको साथै ३५सय डाटा सुरक्षित गरिएको बताए घुम्ती प्रशिक्षण कार्यक्रम अन्तर्गत मातहत जिल्लाहरुमा १६ पटक संचालन भएको र उक्त प्रशिक्षणमा प्र.ह./प्र.ज. गरि ५४० जनालाई प्रशिक्षण गरईएको कुरा जानकारी गराएको थियो । गोष्ठिमा फौजदारी न्याय प्रणालीको आधारस्तम्भका रुपमा रहेका नेपाल प्रहरीको अपराध अनुसन्धान र अभियोजन पक्षमा देखापरेका समस्या र चुनौतिहरुको पहिचान, मुद्दाहरुको अबस्था, अपराधिक सुचनाहरु, घटित अपराध मध्ये उत्कृष्ट अनुसन्धानको नमुना तथा सफल अनुसन्धान हुन नसकेको कुनै एक घट्नाको समिक्षा र अपराध अनुसन्धानका भाबि कार्य योजना, बिभिन्न समयमा अपराध अनुसन्धान क्षेत्रमा गरिएका खोज अन्बेषणबाट खुल्न आएका बस्तुनिष्ट उपलब्धी सरोकार निकायहरु सित बिध्यमान समन्वयको स्तर र पेशागत आँचरणका बिषयहरु समेत छलफल गरिने छ ।

police-_o

राम्रा अनुभबहरुको साटा साटा हुनेछ। अपराध अनुसन्धान गर्ने अंचल प्रहरी भेरी लगायत मातहतका पाचै जिल्ला बाँके, बर्दीया, सुर्खेत, जाजरकोट र दैलेखका प्रहरी प्रमुख तथा अनुसन्धान प्रमुख र अधिकृतहरु समेत ५५ जना सक्रिय सहभागिता रहेको एस.एस.पी बस्न्यात जानकारि दिए । समिक्षा गोष्ठिमा समाजमा हुने अपराध रोकथाम, जोखिममा परेका महिला र बालबालिकाको बारेमा महिला तथा बालबालिका सेवा केन्द्र सेवा र सामुदायिक प्रहरी सेवाको क्षेत्रमा कार्यरत प्रहरी अधिकृत अबलोकन कर्ताको रुपमा रहनुले पुर्णता पाएको महशुस गरिनुका साथै । यस भेलाबाट अनुसन्धानमा संस्थागत तथा कार्य शैलिगत सुधार हुने अपेक्षा गर्नु भयो।

अनुसन्धानमा देखिएका कमि कमजोरीहरुको पहिचान र त्यसको समाधानको लागि पहल गरिनु पर्ने र उपलब्ध श्रोत साधन र जनशक्तिको अधिकतम परिचालन र उपयोग र फौजदारी अपराध अनुसन्धान सुदृढिकरणको लागि अंचल प्रहरी कार्यालय ज्यादै गंम्भिर रहेको कुरामा संचारकर्मीलाई अबगत गराउन भयो। अनुसन्धानका क्षेत्रका बिभिन्न बिधाहरुमा बिज्ञको रुपमा रहेका अनुसन्धान कर्मिहरुको मनोबललाई उकास्न र अंचल स्तरमा संजाल निर्माण र प्र.क.हरुमा देखिएको गैह्र जिम्मेबारीलाई हटाउनको साथै प्रमाणमुखि र सुचना मुलक अनुसन्धानको लागी यस किसिमको गोष्ठिको ज्यादै महत्ब रहेको ।

भेलामा अतिथि गेष्ट प्रशिक्षकको रुपमा अधिबक्ताद्वय लोक बहादुर शाही र विरेन्द्र कुमार बस्नेत समेतको प्रस्तुतिकरण राखिएको हुदा उहाँहरु बाट तपाईहरुले भरपुर फाईदा लिनु हुने छ भनि बिश्वास लिइएको छ । कार्यक्रम पश्चात बिभिन्न क्षेत्रमा देखिएका कमि कम्जोरी,हाल अवलम्वन गरिएका कार्य निति सुधारका पक्ष तथा कानुनी र ब्यावाहारिक पक्षमा अबलम्बन गर्नु पर्ने निचोडका निष्कर्ष निकालीने छ ।

प्रतिकृया दिनुहोस्

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा...

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

  कात्तिक ३०, गोरखा- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै...

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो...

विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् -एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए। ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर...