Motivate News

एक सय रुपैयाँमै शल्यक्रिया सहितको उपचार पाइने, हेर्नुहोस् यस्तो छ तयारी ?

 

पुस २६, सिराह – फुलकुमारी मेमोरियल ट्रष्टका अध्यक्ष एवम् गैर–आवासीय नेपाली संघ (एनआरएनए)का संस्थपक अध्यक्ष डा.उपेन्द्र महतोले एक सय रुपैयाँमा शल्यक्रिया सम्मको उपचार सेवा प्रदान गर्ने गरि अस्पताल स्थापनाको तयारीमा रहेको बताएका छन् ।

फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा संचालनमा ल्याएको “आमा र बच्चा विशेषज्ञ स्वास्थ्य उपचार सेवा” को उद्घाटनमा डा. महतोले आफूले नेपालको पैसा नेपालमै रहने गरी विदेशी विशेषज्ञ डाक्टरमार्फत उपचार हुने नेपाल मेडिसिटि अस्पताल सञ्चालनमा ल्याउन लागेको बताएका हुन् । उनले उक्त अस्पतालमा सय रुपैयाँमा सल्यक्रिया सहितको उपचार पाउने बताए ।

ड़ा. महतोले आजको युग आर्थिक समृद्धिको युग भएकाले राष्ट्र समृद्धिको अभियानमा सबै एक भएर जुट्नुपर्ने बताए ।उनले राजनीतिक मतभेदहरु भएपनि मुलुकको विकासको लागि सबै दलहरु एक भएर प्रस्तुत हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै डा. महतोले भने, ‘हामीवीच राजनीतिक विषयमा वा एजेण्डामा मतभेदहरु होलान, तर अब आर्थिक विकास र मुलुकलाई समृद्धिको दिशामा डोर्याउने कुरामा हामी सबै एक भएर लाग्नुपर्छ, एक्लैले सम्भव हुँदैन, सबै मिलियो भने देश अवश्य बन्छ।’

उनले समाज वा देश गरिब भयो भने व्यक्ति जतिसुकै धनि भएपनि त्यसको कुनै अर्थ नहुने बताउँदै देश समृद्ध भएमात्रै त्यो देशको नागरिकको ईज्जत र प्रतिष्ठा हुने धारणा राखे।

फूलकुमारी महतो मेमोरियल अस्पताल बिगत साढे चार वर्ष देखि सेवामा समर्पित छ । यो  अवधिमा ५५ हजारभन्दा बढी विरामीहरुको उपचार, ८० हजारभन्दा बढी ल्याब इन्भेष्टिगेसन, १५ हजारभन्दा बढी एक्सरे, पाँच हजारभन्दा बढी भिडियो एक्सरे, तीन सय वटाभन्दा बढी शल्यक्रिया, १२ हजारभन्दा बढी प्रसुति र विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढी विरामीहरु स्वास्थ्य सेवाबाट लाभान्वित भएको अस्पतालका प्रसाशनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

वेरोजगारीको फाइदा उठाउँदै दलालहरु, जागिर खान जाँदा उल्टै पैसा तिर्न पर्ने ?

काठमाडौं – बर्दियाका तुलसी लामीछाने २०७३ सालको एइइ परिक्षा सकाएपछि वेरोजगार भए । त्यतिकै बसिरहन त्यहाँको गर्मिले दिएन । उनले सानो तिनो जागिर खाने सोच बनाए । साथीहरुको लहलैमा जागिरको कुरा सुनेर जागिर खानका काठमाडौं आए । जागिरको तिर्खाले भौतारिएका उनको यात्रा...

सडकमा लापरवाही, एकै चालक ५० पटकसम्म कारबाहीमा

  साउन ६ , काठमाडौं – हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे। कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा उनी कारबाहीमा परे। चालक फेरिए पनि बस चलाउने...

+२ को नयाँ नियम, छोटा स्कर्ट र बाइक बन्देज, जरिवाना र सजायको नयाँ व्यवस्था

  साउन ६ , काठमाडौं – भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ। कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ भन्ने गरिन्छ। तर अब विद्यार्थीलाई स्वतन्त्रताका लागि सरकारले बन्देज लगाउने तयारी...

तल्लो जातकोसँग प्रेम गरेको नाममा युवतीमाथि निर्घात कुटपिट (भिडियो)

बुटवल – रुपन्देहीको मर्चवारी गाउँपालिका-६, डिहुलीकी एक किशोरीलाई निर्घात कुटेको भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ। रुपन्देही प्रहरीले किशोरीलाई कुट्ने व्यक्तिलाई प्रक्राउ गर्न मर्चवार इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। मर्चवार इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक नरेश्वर अर्यालले...