Motivate News

निजी खर्चमा हेलिकप्टर चार्टर गरेर भुकम्प पिडितलाई घरैमा राहत दिन पुगे सांसद खतिवडा

माघ १०, ओखलढुंगा – सांसद भए बापत प्राप्त हुने सम्पूर्ण तलव जनताकै लागि खर्च गर्दै आइरहेका ओखलढुंगा २ का सांसद रामहरी खतिवडाले निजी पहलमा हेलिकप्टर चार्टर गरेर पोकली गाविसका भूकम्पपीडितलाई पहिलो किस्ताको राहत रकम प्रदान गर्न जनताको घर दैलामा पुगेका छन् ।

पोकली गाविसमा पैसा वितरण गर्नैका लागि कांग्रेस सभासद रामहरि खतिवडाले निजी पहलमा हेलिकप्टर चार्टड गरेका थिए ।

पोकली गाविसका ४ सय ६६ घरधुरीमा प्रति परिवार ५० हजार रकम वितरण गरिएको थियो । भूकम्पपीडितलाई राहत रकम वितरण गरिएको कार्यक्रममा खतिवडासंगै पुगेका एमाले सांसद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा अन्य काममा प्रयोग नगर्न सुझाएका थिए ।

भूकम्पले पोकली गाविसको ४ सय ७६ घरमा क्षति पुुगेको थियो । रकम वितरणका क्रममा कागजी प्रक्रिया नपुगेकालाई गाविसको रोहवरमा पछि रकम वितरण गरिने व्यवस्था मिलाइएको थियो ।

साथै पोकली गाविसका स्थानीयलाई ३ दिन सम्म घुम्ती स्वास्थ्य शिविर, नागरिकता टोली घरदैलो पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल जानकारी दिए । भुकम्पले थिल्थिलिएपछि पुननिर्माणको आशा गरेका जनताहरु पहिलो किस्ताको रकम लिएर सांसद घरैमा आइपुगेपछि निकै खुसी भएका थिए ।

यसरी सम्भव भयो हेलिकप्टरबाट घरैमा राहत रकम

दोश्रो पटक पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री निवार्चित भएपछि एउटा कुरा निकै चर्चामा रहयो । दाहालले आफू प्रधानमन्त्री भएको ४५ दिन भित्र सम्पूर्ण भुकम्प पिडितहरुलाई राहतको पहिलो किस्ता वितरण गरिसक्ने उद्घोष गरेका थिए । यदि सम्भव नभए हेलिकप्टरबाट पैसा लगेर भएपनि भुकम्प पिडितलाई पहिलो किस्ता वितरण गरिने उनले सार्वजनीक प्रतिद्धता व्यक्त गरेका थिए ।

ओखलढुंगा २ का सांसद रामहरी खतिवडाले भने विभिन्न अल्झनका विच पनि आफ्नो निजी खर्चमा हेलिकप्टरबाट राहत रकम लिएर जनताको घरैमा पुगी भुकम्प पिडितको चर्याइ रहेको घाउमा मल्हम लगाएका छन् ।

तर उनी प्रधानमन्त्री भएको छ महिना पुग्नै लाग्दा समेत धेरै भुकम्प पिडितले अझै पहिलो किस्ताको रकम प्राप्त गर्न सकेका छैनन् । हेलिकप्टरको कुरा त एका देशको कथा भैसक्यो । तर ओखलढुंगा २ का सांसद रामहरी खतिवडाले भने विभिन्न अल्झनका विच पनि आफ्नो निजी खर्चमा हेलिकप्टरबाट राहत रकम लिएर जनताको घरैमा पुगी भुकम्प पिडितको चर्याइ रहेको घाउमा मल्हम लगाएका छन् ।

धादिङमा राहातको पहिलो किस्ता लिन जाने क्रममा बस दुर्घटनामा परि १४ जना नागरिकले ज्यान गुमाएपछि सांसद खतिवडाले गाँउमै राहतद रकम वितरण गर्नुपर्ने भन्दै संसदमा जोडदार कुरा उठाएका थिए । लगत्तै उनले सो विषय पुननिर्माण प्राधिकरणका तत्कालिन सिइओ शुसिल ज्ञवालीसंग राखेका थिए । ज्ञवालीले आफूले एक्लै यो कुरा पुरा गर्न नसक्ने बताएपछि सांसद खतिवडा अर्थमन्त्री कृष्णबहादुर महरा समक्ष पुगेका थिए । महरासंगको छलफल पछि अर्थसचिव र गर्भनरसंग छलफल गरि गाँउमै रकम वितरणका लागि बैकर एशोसियसनसंग पनि छलफल गरेका थिए ।

बैंकर एशोसियसनले सुरक्षाको व्यवस्था हुन्छ भने घुम्ति शिविर मार्फत गाँउमै रकम पुर्याउन राजि भएपछि स्थानिय जनताले नै एक लाख ८० हजार ढुवानी खर्च उठाएर गाँउमै सो सेवा लिएका थिए ।

आफूले कुनै जाति र पार्टी विशेषको मात्र राजनिती नगर्ने बताउँदै आएका सांसद खतिवडाले भुकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये ओखलढुंगामा पहिलो पटक व्यक्तिगत खर्चमा हेलिकप्टरबाट भुकम्प पिडिललाई पहिलो किस्ता वितरण गरेर यति वेला जिल्लाभर प्रशस्त प्रशंसा र चर्चा बटुलिरहेका छन् ।

हेलिकप्टरबाट पैसा लगेर भुकम्प पिडितलाई प्रदान गरिने विषयमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीसंग छलफलका क्रममा हेलिकप्टरबाट रकम त बाड्ने तर हेलिकप्टरको खर्च कसले व्यहोर्छ भन्ने प्रश्न उठ्यो । त्यसपछि सांसद खतिवडाले कुनैपनि हालतमा भुकम्प पिडितलाई पहिलो किस्ता दिन ढिला गर्न नहुने बरु हेलिकप्टरको लागत आफूले व्यक्तिगत खर्चमा व्यहोर्ने बताएका थिए । त्यसपछि उनले कतै हेलिकप्टर कम्पनी संचालक साथीहरुसंग सहयोग मागेर निशुल्क त कतै फ्यूल खर्च व्यहोरेर कतै भने सम्पूर्ण खर्च आफैले व्यहोरेर भएपनि भुकम्प पिडितलाई पहिलो किस्ता थमाएका छन् ।

आफूले कुनै जाति र पार्टी विशेषको मात्र राजनिती नगर्ने बताउँदै आएका सांसद खतिवडाले भुकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये ओखलढुंगामा पहिलो पटक व्यक्तिगत खर्चमा हेलिकप्टरबाट भुकम्प पिडिललाई पहिलो किस्ता वितरण गरेर यति वेला जिल्लाभर प्रशस्त प्रशंसा र चर्चा बटुलिरहेका छन् ।

सांसद खतिवडाको पहलमा सबैभन्दा पहिला पलापु गाविसमा हेलिकप्टर मार्फत राहत रकम वितरण गरिएको थियो भने घोराखोरि, गामनाङ र पोकली गाविसका भुकम्प पिडितले पहिलो किस्ता प्राप्त गरिसकेका छन । आउँदो १३ गते रगनी गाविसमा पहिलो किस्ताको रकम वितरण गरिने भएको छ ।

राहात वितरणसंगै घुम्ति शिविर मार्फत गाँउमा नै पासपोर्टको सिफारिस, बृद्धभत्ता, अपाङग कार्ड, स्वास्थ्य शिविर, जग्गाको रजिष्ट्रेसन पास लगायतका सेवा पनि सांसद खतिवडाकै पहलमा संचालन गरिएको थियो । सांसद खतिवडाको यो पहलबाट स्थानिय स्तरमा जनताले लोकतन्त्रको वास्तविक महसुश गरेका छन् ।

यो पनि पढ्नुहोस्

संयोग र संगतको रोमाञ्चक खेलले राजनीतिक रङ्गमञ्चमा उदाएका नायक रामहरी खतिवडा (भिडियो प्रोफाइल)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...

यस्तो रह्यो ज्ञान चक्षु स्कुलको १२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

काठमाडौँ – बाँसवारी स्थित भेटघाट चोकमा रहेको ज्ञान चक्षु English High स्कुलको १२ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यता पूर्वक सम्पन्न भएको छ । शनिवार विद्यालयमा समन्न कार्यक्रममा विद्याथीहरुले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई...