Motivate News

सांसद हुन त यस्ता पो !

काठमाडौं – महाभुकम्प गएको पनि २ बर्ष पुग्न लाग्यो । १२ बैसाख २०७२ को दिन नेपालीहरुका लागि एक कालो दिन बनेर आयो, हजारौँ जनताको कयौँ सपनाहरु क्षणभरमै खरानी बने ।

झण्डै दश हजारको ज्यान गयो, हजारौँको संख्यामा घाइते भए । कति घर भत्कीए कति मन भत्कीए । भौतिक क्षतीको त लेखाजोखा होला तर मन भत्कीएको नत लेखाजोखा हुनसक्छ, नत क्षतिपुर्ति नै । १४ जिल्ला अति प्रभावितको सुचिमा परे, यस विच देशमा तिन ओटा सरकार परिवर्तन भइसकेका छन ।

तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकार रहँदा भुकम्प गयो, त्यतिखेर पनि प्रधानमन्त्री, मन्त्री सबैको मुखमा ओठे मन्त्र बनेर भुण्डिएको हुन्थ्यो, ‘भुकम्प पिडितलाई तत्काल राहात र पुर्नस्थापना’ । यहि मन्त्रको भजन गाउँदा गाउँदै सरकार परिवर्तन भयो । एमाले अध्यक्ष केपि ओलिको नेतृत्वमा नयाँ सरकार बन्यो ।

नयाँ सरकारको पनि प्राथमीकतामा भुकम्प पिडितको कथा फेरी प्रबेश गर्यो । सबैका ओठे भक्ति उहि हुन्थे, ‘भुकम्प पिडितलाई राहत र पुनर्निमाण’ । भुकम्प पिडितकमा आँशुलाई प्रपोजल मार्फत बेचेर यस विच कतिको नयाँ विल्डिङ ठडियो थाहा भएन तर नेपाली जनताको भने पुस माघको चिसो ठण्डिमा कठ्याङग्रीएर पालमुनि दिन काट्दै गाँउमा कोहि सुकिला मुकिला मान्छे देखिदा पनि केही आश्वासन लिएर पो आए की भनेर आशा गर्दै दिन काट्नुको विकल्प रहेन ।

ठुला ठुला क्यामेरा लिएर भग्नावषेशका तस्विर खिच्नेहरु त धेरै आए अनि विभिन्न एनजिओ र आइएनजिओहरुका नाममा झोलाभरी आश्वासनका पोका बोकेर धेरै आए तर ति फोस्रो आश्वासन त केवल पानीको फोका जस्तौ वनिदियो जनताका लागि । कहिले पुनर्निमाण प्रधिकरणका सिइओ परिवर्तनका कुरा त कहिले पुनर्निमाणमा सघाउन गएका इजिनियरहरुको सामुहिक राजिनामाका कुराले भुकम्प पिडितले सरकारले नै आफ्नो दुःखलाई गिज्याइरहेको महशुस गरे ।

देशमा नागरिकले सरकारलाई अभिभावको रुपमा हेरेका हुन्छन् र सरकारले पनि आफ्नो अभिभावकिय भुमिका निर्वाह गर्न सक्नुपर्छ । नेपालमा सरकार छ, ससद छ, त्यहि संसदमा आफूले प्रत्यक्ष भोट दिएर विजयी गराएर पठाएका सांसदहरु छन् ।

हरेक नागरिकले आफ्ना सांसदबाट परेको वेलामा साथ सहयोग र गाँउको विकासका लागि केही गरोस भन्ने चाहन्छन् । स्वभाविकै हो चुनावमा भोट माग्न जाँदा यति धेरै आश्वासन वाँडिन्छ की, आफू विजयी भएदेखी यसो गरिदिन्छु र उसो गरिदिन्छु भन्दै नेताहरुले बाढ्ने आश्वासनको सुचि धेरै लामो हुन्छ ।

प्रसंग भुकम्प पिडितकै हो, केपि ओलि सरकार परिवर्तन भएर पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेको पनि छ महिना पुग्न लाग्यो । नयाँ प्रधानमन्त्री आएपछि उनले सबैभन्दा धेरै बोलेको शब्द नै यहि होला सायद, ‘भुकम्प पिडितलाई छिटो भन्दा छिटो राहात र पुनर्निमाण ।’ निकै जोशिला हाम्रा प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएको ४५ दिन भित्र भुकम्प पिडितलाई पहिलो किस्ताको राहात रकम जसरी पनि दिई छोड्छु, सकिन भने हेलिकप्टरबाट पैसा लगेर भएपछि जनताको घरघरमा पहिलो किस्ता पुर्याउँछु भनेर सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए तर ४५ दिनको त कुरै छाडौँ छ महिना पुग्दा समेत अझैँ सबै जनताले पहिलो किस्ताको राहत रकम प्राप्त गर्न सकेका छैनन् ।

यसविच ओखलढुंगा २ का सांसद रामहरी खतिवडाले आफ्नो निजी खर्चमा हेलिकप्टर चार्टर गरेर भएपनि ओखलढुंगाका दूरदराजसम्म पुगेर ती दुखी जनताको हातमा पहिलो किस्ताको रकम पुर्याएका छन । जसबाट चर्याइरहेको आफ्नो मनको घाउमा मलम लगाएको अनुभुति ओखलढुंगेलि जनताले गरिरहेका छन् । सांसद खतिवडा एक त्यस्ता सांसद हुन जसले आजसम्म सांसद भएबापत प्राप्त हुने सम्पूर्ण तलव गाँउकै विकासमा खर्च गर्दै आइरहेका छन् ।

त्यतिमात्र होइन उनकै पहलमा यतिखेर ओखलढुंगामा विभिन्न ठुला योजना परियोजनाहरु संचालन भइरहेका छन् । संसदमा धेरै जना सांसद छन् तर खतिवडालाई नचिन्ने कमै नेपाली होलान किनकी उनी आफ्नै पार्टीबाट होस या जो सुकैबाट हुने देश विरोधी कुराको संसदमा कडा प्रतिवाद गर्दछन् । रामहरी खतिवडा सदनमा बोल्न थालेपछि सबैको कान चनाखा हुन्छन् । यसकारण की, उनी गलत प्रवृतीका विरुद्ध यति कडा शव्दबाँण प्रहार गर्छन की विपक्षी सांसदलाई समेत उनको प्रशंसा गर्न बाध्य पारिदिने खुवि छ उनीसंग ।

आफूलाई भोट दिएर विजयी गराउने ओखलढुंगाका जनतालाई सर्वपरि मान्ने उनी जिल्लामा हुने हरेक गतिविधीहरुमा चासो र सहभागित जनाइरहन्छन् । जिल्लामा कस्ता विकासका कार्यक्रम लैजान सकिन्छ भनेर संधै दौडधुप गरिरहन्छन उनी । कुनैपनि पार्टी र जातिको राजनिती भन्दा माथी उठेर राजनिती गर्नुपर्छ भन्ने मान्यता राख्ने खतिवडाको सिद्धान्त छ, ‘बरु अरुबेला झगडा गर्ने विकास निमार्णका कुरामा मिलेर जाने ।’

नेपाली कांगे्रसका मात्र हैन आफू भनेर आउने जुनसुकै पार्टीका मान्छेलाई पनि सहयोग गर्ने स्वभाव छ उनको । उनले चालेका कदमबाट विरोधीहरु प्नि प्रशंसा गर्न बाध्य हुन्छन । तर कहिले काँहि धेरै फल लागेको वृक्षमा झटारो प्रहार भएझैँ उनी माथीपनि केहि नियोजित प्राहर भने नभएका होइनन् । यसलाई उनले जीवनामा लागेको एउटा सामान्य ठेसका रुपमा लिएका छन र अझै सशक्त रुपमा जनताको पक्षमा काम गर्ने विचार पालेका छन् ।

एउटा सांसद कति जिम्मेवार पुर्वक जनताको काममा लाग्नुपर्छ भन्ने उदाहारण बनेका सांसद खतिवडा आफूलाई गलाभरी माला पहिराइ आफ्नो शिर झुकाएर विजयी गराएर पठाएका जनताको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्दछन् ।

साँंच्चै चुनावी नारामा जनतालाई पेटभरि आश्वासनका पोका बाँडेर आएका अरु माननियहरुले पनि रामहरी खतिवडा जस्ता सांसदहरुको राम्रा गुण अनुशरण पो गर्नेकी ?

प्रतिकृया दिनुहोस्

मन्त्रिपरिषद विस्तारको तयारी, आज बेलुकासम्म विस्तार हुने संकेत

  साउन ९, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तिव्र पारेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठक सकिना साथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँग पटक-पटक भेट...

डा. केसी ११ औं पटक अनसन बस्दै

  साउन ९, काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको...

पहिरोले भोटेकोसीमाथिको लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

साउन ९, काठमाडौं – आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो । पुलको...

भोटेकोशीको बाढीले लार्चाको पुल बगायो स्थानीयवासी त्रसित

साउन ९, काठमाडौं । अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ । यसअघि भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल हिजोको भने पूर्णरुपमा क्षतिग्रस्त...