Motivate News

सार्क सम्मेलन गर्न पाकिस्तान तयार

माघ १७ ,काठमाडौं – पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएको छ। सार्कका महासचिव अर्जुनबहादुर थापासँग हालै भएको भेटमा पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार सरताज अजिज र त्यहाँका विदेशसचिव अजिज अहमद चौधरीले त्यस्तो बताएका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार अजिजले भारतले सार्कको वडापत्रको उल्लंघन गरेको बताएका थिए। महासचिव थापाको तीन वर्षे कार्यकाल फेब्रुअुरी २८ मा सकिंदैछ। थापा यतिबेला विदाइ भेटका क्रममा सार्क मुलुकको भ्रमणमा छन्।
भारतका कारण सार्क शिखर सम्मेलन स्थगीत हुँदा सार्कका सबै गतिविधिमा अवरोध आएको पाकिस्तानले आरोप लगाएको छ। इस्लामावादमा सार्क शिखर सम्मेलन आयोजना गर्न प्रतिबद्ध रहेको उसले बताएको छ। सार्कको वर्तमान अध्यक्ष मुलुक नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न कुनै पहल नगरेको टिप्पणी भइरहेका बेला पाकिस्तानले यस्तो बताएको हो।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...