एलआइसी नेपालमा जीवन बीमा गर्दै हुनुहुन्छ ? पख्नुहोस… फस्नुहोला !
काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल)मा जीवन बीमा गर्दैहुनुहुन्छ ? अर्थाथ बीमा गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने पर्खिनुहोस्…।
नेपालमा ५५ प्रतिशत शेयर रहेको भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (एलआइसी) डुब्ने खतरमा परेको छ । पछिल्लो पाँच वर्षमा एलआइसीको खराब सम्पति (नन परफरमिङ एसेट्स–एनपीए) शत प्रतिशतले वृद्धि भएपछि बीमा कम्पनी शंकटमा परेको हो ।
विविसी हिन्दीकाअनुसार एलआइसीले सन २०१९ मार्चमा जारी गरेको वित्तिय विवरण अनुसार एनपीएको दर ६.१५ प्रतिशत पुगिसकेको छ । यस्तो आँकडा सन २०१४÷१५ मा जम्मा ३.३० प्रतिशत मात्रै थियो । अर्थात पछिल्लो पाँच आर्थिक वर्षमा एलआइसीको एनपीए करिब शत प्रतिशतले वृद्धि भएको हो ।
काँग्रेस अध्यक्ष राहुल गान्धीले मोदी सरकारको नीतिका कारण एलआइसीमा नोक्सानी पुगेको र कम्पनीप्रति नागरिकको विश्वास गुम्दै गएको आरोप लगाएका छन् ।
सन २०१८।१९ को वित्तिय विवरण अनुसार २०१९ मार्च ३१ तारिखसम्म एलआइसीको एनपीए २४ हजार ७७७ करोड भारु बराबर अर्थात २ खर्ब ४७ अर्ब ७७ भारु बराबर छ । जबकी कम्पनीको कुल कर्जा ४ लाख करोड भारु भन्दा बढिको थियो । कम्पनीको कुल सम्पति भने ३६ लाख करोड भारु बराबरको छ ।
एलआइसीले लगानी गरेका कम्पनीहरु डुब्ने अवस्थामा पुगेपछि एलआइसीमा संकट आइपरेको हो । एलआईसीले लगानी गरेका दिवान हाउजिङ रिलायन्स क्यापिटल, इण्डियाबुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र एस बैंक लगायत डुब्ने अवस्थामा पुगेका छन् । दिवान हासजिङमा एलआइसीको लगानी ६५०० करोड भारु भन्दा बढी रहेको छ भने रिलायन्स क्यापिपटलमा ४ हजार करोड भारु रहेको छ ।
एबीजी शिपयार्ड, एमटेक अटो र जेपी ग्रुपमा पनि एलआइसीको ठूलो लगानी रहेको छ । यी कम्पनी पनि टाट पल्टिने अवस्थामा पुगिसकेका छन् । यस बाहेक भारत सरकारले आर्थिक मन्दी चिर्नका लागि एलआइसीबाट ठूलो मात्रामा रकम लिएको छ । त्यस्तै, जोखिम अवस्थामा पुगेका कतिपय पब्लिक कम्पनीहरुको सेयर खरिद समेत गर्न लगाएको छ ।
नेपालमा के असर गर्छ ?
एलआइसीको ५५ प्रतिशत स्वामित्व रहेको कम्पनी हो लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) । एलआइसी नेपालका नामले चिनिने यो कम्पनीमा बिशाल ग्रुपको २५ प्रतिशत लगानी छ । त्यस्तै, सर्वसाधारणले आइपीअोका माध्यमबाट २० प्रतिशत लगानी गरेका छन् ।
५५ प्रतिशत लगानी रहेको माउ कम्पनी धरापमा परेसँगै त्यसको असर एलआइसीमा पनि पर्न सक्ने आंकलन गरिएको छ । यद्यपी त्यसबारेमा नियामक निकाय बीमा समिति र कम्पनीले भने हालसम्म कुनै धारणा व्यक्त गरेका छैनन् । माउ कम्पनी संकटमा परेसँगै उसले नेपालमा एउटा शाखाका रुपमा व्यवहार गर्दै आएको कम्पनीका बारेमा गर्ने निर्णयले एलआइसी नेपालको भविष्य निर्धारण हुनेछ ।
सम्भवत एलआइसी बन्द भएको खण्डमा एलआइसी नेपालको अस्तित्व पनि समाप्त हुनेछ ।
यो पनि पढ्नुहोस्