Motivate News

कविता : ‘बलात्कारीको हिँसा’

मेरो देशमा न्यायको लागि
धेरै सैनिकहरु छन
अनि
लिखित नियम कानुन पनि छ
ठुलाठुला संसस्था पनि छन
कसैले महिला हिँसा
कसैले बाल हिँसा
कसैले गरिवीको अन्त्य् गर्छौ भनि
ठुला ठुला पोस्टमा
नारा बनाएका छ्न
तर पनि
म तेस्तो देशमा छु
जहाँ सधैं भइरहन्छ
बलात्कारीको हिँसा !

न्याय दिनेहरु बन्दुकको
छिल्का दिएर पठाउछन
जस्लाई न्यायको
भगवान ठानेका हुन्छ्न
त्यही नै अपराधी हुन्छ
अनि
निर्धोस मान्छेको छातीमा
पेस्टोल राख्दै बलत्कारी साबित गर्छ
हो म त्यो देशमा छु
जहाँ भइरहन्छ
बलत्कारीको हिँसा !!

विश्वमा यस्ता राष्ट्र छ्न
जहाँ
बलत्कारीको नाम निसाना छैन
जुन देशमा २ सन्तान पाए नि
मृत्यु दण्ड दिइन्छ
तर मेरो देश
सानी बालिकाको हत्या हुँदा पनि
फासी त के छानबिन नि
गर्न सक्दैन
म यस्तो देशको सपुत हौ
जहाँ भइरहन्छ
बलात्कारीको  हिँसा!!!

शान्तिका राजा बुद्ध
जन्मेको देश
भगवान जनक जन्मेको देश
सुन्दरताकी धनी सिता
जन्मेको देश
भृकुटी जन्मेको देश
जहाँ
ठुलाठुला शान्तिका नायक
जन्मेको देशमा पनि भैइरहन्छ
बलात्कारीको हिँसा !!!!

पुरुष भन्दा पनि धेरै
अधिकार पाएको देशमा
पुरुष भन्दा नी
महिला धेरै भएको देशमा
देशको राष्ट्रपति नै
महिला भएको देशमा
दिनहुँ भैइरहन्छ
बलत्कारीको हिँसा !!!!!

प्रतिकृया दिनुहोस्