भोजपुरी कलाकारहरु नेपाल आउँदै


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, माघ १३ २०७६
10.9K
SHARES

काठमाडौ–भोजपुरी सिनेमा तथा गायन क्षेत्रका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउने भएका छन् ।

कलाकारहरु दिनेशलाल यादव’निरहुआ’, अम्रपाली दुबे तथा ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि नेपाल आउने भएका हुन् । निरहुआ भारत, उत्तर प्रदेशका वासिन्दा हुन् ।

रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा फागुन ५ र ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महायज्ञ २०७६ को आयोजना हुन गइरहेको छ ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो महायज्ञको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा उनीहरुको प्रस्तुति रहने महायज्ञको सह–आयोजक एसराज प्रोडक्सन्सले जनाएको छ ।

कलाकारत्रय निरहुआ, दुबे तथा सोनालीले सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउनु आफुहरुका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन् ।