Motivate News

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन ।

सरकारले स्नातक उत्तिर्ण वेरोजगार उद्यमी बन्न चाहने ४० बर्ष मुनिका यूवाहरुलाई लक्ष्क्षित गरि यो योजना ल्याएको हो । विभिन्न विषयमा सहुतियत पूर्ण कर्जामा ब्याज अनुदान दिन बनेको ‘सहुलियत पूर्ण कर्जाका लागि ऋण अनुदान सम्बन्धी एकिकृत कार्यविधी’ले आफ्नो काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम तयारीमा ।

उक्त प्रतिवेदनमा विभिन्न ७ ओटा शिर्षकमा सहुलियत कर्जाका लागि ब्याज अनुदान दिन लागेको हो । उद्यमी बन्न चाहने महिलाका लागि ६ प्रतिशत अनुदान दिने छ भने अरु ६ ओटा शिर्षकमा ऋण लिनेहरुलाई सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने छ ।

विभिन्न सात ओटा शिर्षक मध्य शैक्षिक वेरोजगार कर्जाका लागि विभिन्न बर्गका बैंकहरुबाट ऋण लिन सकिने सहुलियत पूर्वा कर्जाका लागि ब्याज अनुदान सम्बन्धी बनेको एकिकृत कार्यविधिका संयोजक तथा अर्थ मन्त्रालयका सहसचिव उक्तर कुमार खत्रीले बताए । ऋण कसरी लिन सकिन्छ ? योग्यता कति चाहिन्छ ? लगायतका जिज्ञासाका लागि तलको भिडियो अन्तरवार्ता हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्