अभिनेत्रीको करियरमा रक्सीको कारण लाग्यो धब्बा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६
11.6K
SHARES

एजेन्सी – बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हसनको ३४ औं जन्मदिनको अवसरका उनका जीवनमा जोडिएका केही तथ्यहरु बाहिरिएका छन् ।

सन् १९८६ मा चेन्नईमा जन्मिएकी हसन साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजीकी विद्यार्थी श्रुतिले क्यालिफोर्नियामा संगित पनि सिकेकी थिइन् । फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगितकार पनि हुन् ।

उनले आफ्ना पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षको कलिलो उमेरमै गीत गाएकी थिइन् । दोस्रो गीत पनि उनले पिता कमल हसनको फिल्म ‘चाची ४२०’ मा गाएकी थिइन् । उनले मल्लिका शेरावत स्टारर फिल्म ‘हिस्स’ को लागि गीत लेखेकी थिइन् ।

फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि भूमिका निभाएकी थिइन् । यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी थिइन् ।

उनले लक्ष्मी प्रसन्नाको शोमा आफ्नो रक्सीको लतको बारेमा खुलेर बताएकी थिइन् । उनलाई एक समय हिस्कीको लत लागेको थियो । अल्कोहोलिक भएको कारण उनको करियरको ग्राफ इफेक्ट पनि कम हुन थाल्यो ।

उनको रक्सीको नसा यतिसम्म भयो कि उनले फिल्मबाट नै ब्रेक लिइन् । केही समयपछि उनले रक्सी पिउन छोडेको पनि बताइन् । यद्यपि, उनी बिरामी परिन् । डाक्टरले उनलाई रक्सीको कारण विरामी परेको बताए । त्यसपछि विस्तारै उनले फिल्ममा काम गर्न छोडिन् ।

उनले फिल्म बाहेक विज्ञापन पनि गरेकी छिन् । उनको कुनै समय तामिल स्टार सिद्धार्थसँग नाम जोडिएको थियो । उनको रजनीकान्तको ज्वाँईसँग पनि नाम जोडिएको थियो । उनी यतिबेला फिल्म क्षेत्रबाट टाढा छिन् ।