Motivate News

८ वटा मुश्लिम मुलुकहरुबाट अमेरिका आउँदा ल्यापटप, क्यामेरा र ट्यावलेट हातमा बाेकेर ल्याउन नपाईने

चैत ९ , काठमाडौं – आठवटा मुख्य मुश्लिम मुलुकहरुवाट अमेरिका आउने फ्लाइटमा स्मार्ट फोन बाहेक अन्य इलेकसट्रोनीक सामानहरु क्याविनमा बोक्न नपाउने जनाएको छ।

‘निर्धारीत सुरक्षा सिमामा रहेर ल्यापटप, क्यामेरा, ट्यावलेट लगायत क्याविनमा ल्याउन पाइने छैन।’ ह्वाइट हाउसले पुष्टि गरेको छ। ‘यात्रुहरुले स्मार्ट फोन भने क्याविनमा ल्याउन पाउने छन।’ अमेरिका भित्रिने आठ वटा मुख्य मुश्लिम मुलुका करिव ५० वटा फ्लाइटका लागि उक्त नियम मार्च २१ वाटै लागु हुने समेत जनाइएको छ।
जोर्डन, टर्की, इजिप्ट, साउदी अरेविया, कुवेत, मोरोक्को, कतार र युनाइटेड अरव इमिरेटवाट आउने यात्रुहरुका लागि उक्त नियम लागु गरिएको छ। मध्य पूर्वी र उत्तरी अफ्रिकाका दश मुलुकका एयरपोर्टहरूवाट अमेरिका आउने यात्रुहरूले सेलफोन वाहेक अन्य ठूला ईलेक्ट्रोनिक उपकरण ल्याउन नपाउने ट्रम्प प्रशासनले आज पुष्टि गरेको छ। ‘सेलफोन बाहेक अन्य इलेक्ट्रोनीक सामानहरु लगेजमा चेक इन गर्नपर्ने’ सरकारले सूचना जारी गरेको छ।
अमेरिकाको होमल्यान्ड सेक्यूरिटिले सिधा अमेरिका उडान हुने जोर्डन, ईजिप्ट, टर्कि,साउदी अरेवीया, अरव ईमिरेट्स, कुवेत,मोरोक्को र कतार का एयरपोर्टहरूमा सेलफोन भन्दा ठूला ईलेक्ट्रोनिक उपकरणहरू जस्तै ट्यावलेट, ल्यापटप, डिभिडी प्लेयर र क्यामेरा साथमा लिएर अमेरिका आउने यात्रुहरूकालागी उक्त सूचना जारी गरेको हो।
प्रभावित भएका एयरपोर्टहरूमा अमान, काईरो,कुवेत सिटि, दोहा, दुवई, ईस्तानवुल, अवुदावी, कासाब्लान्का मोरोक्को, रियाद र जेद्धा साउदि अरेविया छन। यस उपकरण वन्देजसंग राष्ट्रपतिको ६ मुस्लिम वाहुल राष्ट्रका नागरिकहरूको यात्रा प्रतिबन्धसंग सम्वन्ध नरहेको डिएचएसका अधिकारीले जनाएका छन। डिएचएसका प्रवक्ताका अनुशार यस उपकरण वन्देजले कुनै विशेष राष्ट्रहरू लाई लक्षित नगरेको जनाएका छन्।
उपकरण वन्देज अमेरिका वाट वाहिर जाने यात्रुहरूलाई भने लागु हुने छैन। तर, उल्लेखित दश एयरपोर्टवाट अमेरिका प्रवेश गर्ने अमेरिकी नागरीकहरूलाई समेत यो वन्देज लाग्ने छ। गत मे ६ मा आफ्नो संसोधित यात्रा प्रतिबन्धमा ६ मुस्लिम वाहुल राष्ट्रहरूलाई अमेरिका प्रवेशमा वन्देजको कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले दस्तखत गरेका थिए। उपकरण वन्देज लागेका उल्लेखित दश राष्ट्रहरू पनी मुस्लिम बहुल राष्ट्रहरू हुन।

प्रतिकृया दिनुहोस्

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ – अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले...

जेलमा राखिएका दुई पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ – लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो । दुई जना...

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ – उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी...

युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ – युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक...