गलामा लगाएको सुनको सिक्री तान्दा तान्दै दुई जना पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६
5K
SHARES

 

काठमाडौं -काठमाडौंको नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेका एक व्यक्तिको गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लम्जुङ्गको सुन्दरवजार नगरपालिका(७ )घर भई काठमाडौं महानगरपालिका( २६ मित्रनगर वस्ने २७ वर्षीय मन वहादुर घर्ती र मकवानपुरको मनहरी गाउँपालिका(३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई रहेका छन् ।
काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा घर्ती र राईले वाग्लुङ्गको वरेङ गाउँपालिका(२ का २४ वर्षीय प्रकाश दर्जीले लगाएको साढे १ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुनको सिक्री लुट्ने क्रममा घर्ती र राईले दर्जीलाई हातपात गर्नुका साथै लछारपछार समेत गरेको प्रहरीले जनाएको छ ।लुटिएको सुनको सिक्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।